सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ४० जनाको मृत्यु
"अमेरिकी आक्रमणको बदला लिने चेतावनी "
न्युजभित्तो/२२ पुष २०७६, मंगलवार १८:४८
इरान । इरानी विशेष सुरक्षा बलका प्रमुख जनरल कासिम सुलेमानीको शवयात्राका क्रममा आज इराकको दक्षिणपूर्वी शहर केरमानमा भागदौड मच्चिँदा कम्तीमा ४० जनाको मृत्यु भएको इरानी राष्ट्रिय टेलिभिजनले जनाएको छ । उक्त घटनामा कम्तीमा एक सय ९० जना घाइते भएका बताइएको छ ।
सो टेलिभिजनले दिएको प्रारम्भिक सूचनामा कम्तीमा ३२ जनाको मृत्यु भएको बताइएको थियो तर पछि उक्त सङ्ख्या बढेको बताइएको छ । “दुर्भाग्यवस, शवयात्राका क्रममा अत्यधिक भीड भई भागदौड मच्चिँदा कम्तीमा हाम्रा ४० नागरिकले ज्यान गुमाएका छन् भने एक सय ९० जना घाइते भएका छन्,” इरानको आपतकालिन सेवा प्रमुख पिरहोसेन कुलिभण्डले उक्त टेलिभिजन च्यानललाई बताउनुभयो ।
तस्विर : सिन्ह्वा
उक्त घटनामा घाइते भएका सबैजनालाई उपचारका लागि तत्काल स्थानीय अस्पतालमा पठाइएको छ । दक्षिणपूर्वी शहर केरमानका सडकहरू इरानका रिभोलुसनरी गार्डस्का प्रमुख कमाण्डर सुलेमानीको अन्त्येष्टिका लागि शवयात्रा गर्ने क्रममा हजारौँको सङ्ख्यामा उपस्थित शुभचिन्तकहरूले खचाखच भरिएका थिए ।
शवयात्राका लागि केरमान पुगेका इरानीहरू सहरमा नअटाएपछि नजिकका पहाडहरूमा पुगेर भएपनि सुलेमानीप्रति अन्तिम सम्मान अर्पण गरेका उक्त सरकारी टेलिभिजनबाट प्रसारण गरिएका श्रव्यदृष्यमा देखाइएको थियो ।
इरानी जनताबीच गार्डस्को क्विद बलका सुप्रसिद्ध कमाण्डर रहेका सुलेमानीलाई इराकको राजधानी बग्दादस्थित एक अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी सेनाले ड्रोनमार्फत गरेको आक्रमणमा गत शुक्रबार मारिएको थियो । सुलेमानीको मृत्युले इरान शोकमा डुबेको छ भने अमेरिकी आक्रमणको बदला लिने इरानी अधिकारीले बताइसकेका छन् ।
इरानको राजधानी तेहरानका साथै दक्षिण–पश्चिमी शहर अवाज, कुम र मशहादका सहरहरूमा सुलेमानको मृत्युपछि शोक जुलुस (शवयात्रा) निकालिएको थियो । शवयात्राका क्रममा भएको मानवीय क्षतिपछि अन्त्येष्टि कार्यक्रमसमेत तत्कालका लागि रोकिएको बताइएको छ । (एजेन्सीको सहयोगमा)