सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यपूर्वमा जारी तनावप्रति जापानका प्रधानमन्त्री आबेको ‘गहिरो चिन्ता’


  •    न्युजभित्तो/२१ पुष २०७६, सोमबार २०:५२ 
  • टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्यपूर्वमा जारी तनावले आफूलाई गहिरो चिन्ता पारेको बताउनु भएको छ । वासिङ्टन र तेहरानबीचको सम्वन्ध सुधार्नका लागि मध्यस्तकर्ताको रुपमा प्रयास गरिरहनु भएका आबेले सोमबार ‘गहिरो चिन्ता’ व्यक्त गर्नुभएको हो ।

    इरानी सैन्य कमाण्डर कासिम सुलेमानी गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएपछि मध्यपूर्वमा तनावपूर्ण अवस्था सृजना भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खमेनीले एक अर्कालाई कडा चुनौती दिएपछि थप नराम्रो अवस्था सृजना हुनसक्ने आशंका गरिएको छ ।

    “मध्यपूर्वमा तनाव बढीरहेको छ, मलाई यसले गहिरो चिन्तामा पारेको छ,” इरानी कमाण्डर सुलेमानी इराकमा मारिएपछिको पहिलो प्रतिक्रियामा आबेले भन्नुभयो । उहाँले तनाव न्युनिकरण गर्न आफ्नो तर्फबाट कुटनीतिक पहल गरिरहने पनि बताउनु भएको छ । टोकियो र तेहरानले वर्षौँदेखि कुटनीतिक सम्वन्धलाई सन्तुलित अवस्थामा राखेका छन् । तेहरानसँगको आणविक सम्झौता रद्ध गरेको निर्णय ट्रम्पले गत जुनमा गरेपछि आबेले इरानी सर्वोच्च नेता खामेनी र राष्ट्रपति हसन रोहानीलाई भेट्न इरानको भ्रमण गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.