सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिरिया युद्ध : नौ वर्षमा तीन लाख ८० हजारको मृत्यु


  •    न्युजभित्तो/१९ पुष २०७६, शनिबार २१:५९ 
  • बेरूत । सिरियामा नौ वर्षदेखि जारी युद्धमा मृत्यु हुनेको सङ्ख्या तीन लाख ८० हजार पुगेको र तीमध्ये एक लाख १५ हजार युद्धमा सहभागी नरहेका नागरिक रहेको युद्ध अनुगमनकारी सिरियाली मानवअधिकारवादी समूहले शनिबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कमा उल्लेख गरेको छ । ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’ का अनुसार मारिनेमा २२ हजार बालबालिका र १३ हजार महिला रहेका छ ।

    सिरियाको दक्षिणी सहर दारामा सन् २०११ को मार्च १५ देखि सुरू भएको सरकारविरोधी आन्दोलनले पछि सिरियाले कल्पना नगरेको गृहयुद्धमा पुगेको हो ।सिरियाली राष्ट्रपति बसर अल–असद विरोधी आन्दोलनलाई सरकारले कडारूपमा दवाउन खोजेपछि चारैतिर सशस्त्र द्वन्द्व चर्किएको थियो । जसका कारण सिरिया लगायत छिमेकी जिहादी समूह र विश्व समुदायको पनि त्यहाँ प्रवेश भएको थियो ।

    सिरियामा जारी द्वन्द्वका कारण करिब एक करोड ३० लाख सिरियाली नागरिक आन्तरिक वा बाह्यरूपमा विस्थापित भएका उक्त संस्थाको तथ्याङ्क रहेको छ । युद्धका कारण सिरियामा अर्बोँ अमेरिकी डलर बराबरको भौतिक संरचना नष्ट भएका छन् ।

    सिरिया युद्धको एउटा भाइरल तस्बिर : हवाई आक्रमण हुँदा बहिनीलाई जोगाउँदै बालक

    सरकारी तथा गैरसरकारी समूहतर्फ गरी जम्मा एक लाख २८ हजार सुरक्षाकर्मी वा लडाकू मारिएका पछिल्लो तथ्याङ्कमा उल्लेख गरिएको छ । मारिनेमा आधाभन्दा बढी सिरियाली सैनिक रहेका बताइएको छ भने एक हजार ६८२ जना लेबनानी सिया समूह (हेजबुल्लाह) का सदस्य रहेका बताइएको छ । हेजबुल्लाह समूहले सिरियामा सन् २०१३ देखि लड्दै आएको छ ।

    सिरियाको युद्धका कारण ६९ हजार विपक्षी समूह मानिने स्लामिक तथा कुर्दिस नेतृत्वका लडाकू पनि मारिएका विभिन्न मानव अधिकारवादी समूहले बताएका छन् । युद्धमा ६७ हजारभन्दा बढी स्लामिक स्टेट (आइएस) समूह र हायत तहरिर अल–साम (एचटीएस)सँग सम्बन्धित जिहादी लडाकूहरू रहेका उल्लेख छ । उक्त समूह सिरियामा मजबुत सङ्ठन बनाएको पूर्व अल कायदा समूहसँग सम्बन्धित रहेको छ ।

    सिरियाली सरकारले नियन्त्रणमा लिई जेलमा दिइएका यातनाका कारण ८८ हजार व्यक्तिले ज्यान गुमाएका र युद्धका क्रममा विभिन्न समूहले अपहरण गरी हजारौँ व्यक्ति, सेना र लडाकूलाई वेपत्ता पारिएको छ ।

    रूस र इरानको बलियो समर्थन पाएका सिरियाली राष्ट्रपति अल–असदको सरकारले पछिल्लो समय झण्डै दुई तिहाई क्षेत्रमा नियन्त्रण जमाएको छ । अल–असदको सेनाले विपक्षी समूह र जिहादी समुदायमाथि सन् २०१५ सम्ममा श्रृङ्खलावद्ध विजय हाँसिल गरेपछि सरकारले देशका अधिकांश भागलाई नियन्त्रणमा लिन सफल भएको थियो तर टर्कीले सिरियाली सीमा क्षेत्रमा काटेर टर्की विरोधि सिरियाली समूहमाथि धावा बोलेपछि रूस,टर्की र इरानको मुख्य पहलमा राष्ट्रसङ्घको मध्यस्थतामा सिरियाली सेनाले टर्की क्षेत्रलाई पनि हेर्नेगरी सन् २०१९ मा सहमति भए अनुसार अहिले सिरियाली सरकारको उपस्थिति टर्कीको सीमा क्षेत्रमा पनि पुगेको छ ।

    तर सिरियाका कतिपय क्षेत्रहरूमा अझै पनि सरकारको उपस्थिति रहेको छैन । सिरियाको विपक्षी समूहको प्रभाव क्षेत्र मानिने इदलिब प्रान्तमा अहिले पनि सिरियाली जिहादी समूह एचटीएसको नियन्त्रणमा रहेको छ ।

    सिरियाको इदलिबमा सरकारले सन् २०१९ को डिसेम्बर १९ पछि निर्णायक सुरक्षा कारबाही भन्दै चलाएको अभियानका कारण यस क्षेत्रबाट अहिलेसम्म विस्थापित हुनेको सङ्ख्या दुई लाख ८४ हजार पुगेको संयुक्त राष्ट्रसंघ र मानवअधिकारवादी संगठनहरूले बताएका छन् ।

    सिरियाको उत्तरपूर्वमा रहेको सिरियाको एक क्षेत्रमा टर्कीको सेनाले टर्कीसँग नजिक सम्बन्ध रहेको विपक्षी समूहको सुरक्षार्थ तैनाद छ । कुर्दिस लडाकूसँगको लडाईपछि उक्त क्षेत्र टर्की निकटको सिरियाली समूहका लागि कब्जामा राख्दै आएको छ ।

    सिरियाको सुदुरपूर्व, जसलाई पेट्रोलियम पदार्थको उत्पादनका लागि सम्पन्न मानिन्छ, मा अमेरिकी सेनाको अहिले पनि उपस्थिति रहँदै आएको छ । सिरिया युद्धका कारण उक्त मुलुकको अर्थतन्त्रलाई तीन दशक पछाडि धकेलेको अनुमान सिरियाबारे अध्ययन गर्दै आएका राजनीतिक तथा आर्थिक विश्लेषकहरूले बताउने गरेका छन् । सिरियामा अर्थतन्त्रका लागि महत्व राख्ने तेल, कोइला तथा अन्य खानी र विद्युत निर्माका लागि बनाइएका धेरै का भौतिक संरचनाहरूमा आंशिक वा पूर्ण क्षति भएका कारण तीनले आफ्नो उत्पादनलाई सञ्चालन गर्न सकेका छैनन् । (रासस/एएफपी)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.