सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फ्रेण्ड्ससँग बराबरीमै रोकिएपनि मनाङ ‘ए’ डिभिजन लिगको शीर्ष स्थानमै


  •    न्युजभित्तो/१४ पुष २०७६, सोमबार २१:५७ 
  • काठमाडौं । साविक विजेता मनाङ मर्स्याङ्दी क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिगको सोमबारको खेलमा तालिकाको पुछारमा रहेको फ्रेण्ड्स क्लबसँग बराबरीमै रोकिएपनि लिगको शीर्ष स्थानमै रहेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको चौथो चरणको पहिलो खेलमा मनाङ फ्रेन्ड्ससँग १/१ गोलको बराबरीमा रोकिदै अंक बाँड्न बाध्य भएको हो ।

    खेलमा पहिलो अग्रता भने मनाङले बनाएको थियो। खेलको ११ औं मिनेटमा रन्जन बिष्टले जगजित श्रेष्ठको कर्नरमा हेडमार्फत गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६४ औं मिनेटमा भारतीय खेलाडी उत्तम राईले फ्रेण्ड्सका लागि बराबरी गोल फर्काएका थिए । यो सिजन लगातार ३ खेल जित्दै उत्कृष्ट शुरुवात गरेको मनाङको यो पहिलो बराबरी हो ।

    सोमबार फ्रेन्ड्ससँग बराबरी खेलेपनि मनाङ लिगको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १० अंक जोडेको मनाङले मछिन्द्र क्लबलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । चौथो चरणको पहिलो खेल खेलिसकेको मछिन्द्रको पनि ९ अंक छ । यसअघि लगातार ३ खेल हारेको फ्रेन्ड्सको भने जारि लिगमा यो पहिलो अंक हो । ४ खेलमा १ अंक जोडेको फ्रेन्ड्स लिगको १३ औं स्थानमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.