सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्वतमा युवा संघको विवादले झडप हुँदा एमाले प्रदेश सदस्य पौडेल घाइते


  •    न्युजभित्तो/२४ बैशाख २०८२, बुधबार १५:५४ 
  • पोखरा, २४ वैशाख । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् ।

    एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए ।

    पार्टी गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो । विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका छन् ।

    राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ ।
    पर्वतबाट निर्वाचित प्रदेश सभा सदस्य भक्त कुँवरले एउटा समूहको असहमतिकाबीच कार्यक्रम राखिएपछि आक्रमण नै हुनेगरी विवाद उत्पन्न भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.