सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रतिनिधिसभा आकस्मिक समयः सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


  •    न्युजभित्तो/२४ बैशाख २०८२, बुधबार १५:४९ 
  • काठमाडौँ, २४ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सांसदहरुले समसामयिक विषयमा सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

    बैठकमा सांसद महेशकुमार बर्तौलाले आज बिहान मकवानपुर जिल्लाको राक्सिराङमा भएको (सवारी साधन) बोलेरो दुर्घटनामा १० जना घाइते भएकामा छ जनाको अवस्था चिन्ताजनक रहेकाले घाइतेको उपचारका लागि सरकारसँग माग गर्नुभयो ।

    सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण ‘आइपिओ’ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गर्नुभयो ।

    सांसद रोशन कार्कीले आइपिओ जारी गर्न पाँचदेखि सात प्रतिशतसम्म कमिसन मागेको कुराको यथार्थ छानबिन गर्न माग गर्नुभयो । बैठकमा सांसद योगेन्द्र मण्डलले गत चैत ५ गते भएको आगलागीका घटनामा साढे तीन वर्षकी बालिका जलेर मृत्यु भई परिवार अहिले पनि मदरसाको शरणमा रहेकाले यथोचित व्यवस्था गर्न माग गर्नुभयो ।

    सांसद ठाकुरप्रसाद गैरेले गैरआवासीय नेपाली सङ्घको कार्यकाल नसकिइ अर्को समिति बनेको समाचार आएकाले यसको वास्तविकता के हो भनी खोजी माग गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.