सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘नीति तथा कार्यक्रममार्फत लगानी जुटाउने प्रयास’


  •    न्युजभित्तो/२३ बैशाख २०८२, मंगलवार १५:५७ 
  • काठमाडौँ, २३ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद  योगेशकुमार भट्टराईले सदनमा प्रस्तुत नीति तथा कार्यक्रम युवालक्ष्यित एवं लगानीमैत्री भएको बताउनुभएको छ ।
    प्रतिनिधिसभाको आजको बैठकमा उहाँले नीति तथा कार्यक्रममा युवालाई रोजगारी दिने र लगानी गर्नेका लागि उपयुक्त नीतिको सुनिश्चितता गरिएको बताउनुभयो ।
    “एकीकृत योजना बैङ्कको व्यवस्था, औद्योगिक, वातावरण र युवाकेन्द्रित नीति तथा कार्यक्रम  छन्, कृषि, उद्योग, उत्पादन, पूर्वाधार विकासका निम्ति नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ”, सांसद भट्टराई भन्नुभयो । 
    उहाँले विश्वका विभिन्न भागमा छरिएर रहेका नेपालीको पुँजीलाई एकीकृत गर्न सकेमा देशको आर्थिक विकासका निम्ति अरुको मुख ताक्नुपर्ने अवस्था नआउने तर्क गर्नुभयो । ऊर्जा, कृषि, पर्यटनका माध्यमबाट मुलुकको उन्नति हुने उहाँको अभिमत थियो । उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिँदै सांसद भट्टराईले  
    “छिमेकी मुलुकलाई विद्युत् बेच्छौँ, सस्तो बेच्ने महँगोमा किन्ने गर्नु हुँदैन, यो स्थितिलाई अन्त्य गर्न जरुरी छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.