सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शहीद स्मारक ए डिभिजन लिग : अपराजित रहँदै मनाङ मर्स्याङ्दी क्लव शीर्ष स्थानमा


  •    न्युजभित्तो/१४ पुष २०७६, सोमबार ११:२७ 
  • काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल सकिँदासम्म मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै मनाङ नौ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

    दुई खेलमा जीत र एक खेलमा बराबरी खेलेको थ्रीस्टार सात अङ्कसहित लिगको दोस्रो स्थानमा छ । दुई खेलमा जीत र एकमा बराबरी खेल्दै छ अङ्कका साथ मच्छिन्द्र क्लब भने तेस्रो स्थानमा छ । यस्तै दुई खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब छ अङ्कसहित लिगको चौथो स्थानमा छ । जावलाखेल युथ क्लब एकमा जीत दुईमा बराबरी खेल्दै पाँच अङ्कका साथ पाँचौँ स्थानमा, न्युरोड टिम दुई खेलमा जीत र एकमा पराजित हुँदै चार अङ्कका साथ छैटौँ स्थानमा छ ।

    नेपाल पुलिस क्लब एउटामा जीत एउटामा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्क जोडेर सातौँ स्थानमा तथा च्यासल युथ क्लब एक खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित आठौँ स्थानमा छ । उनीहरु समान अङ्क भए पनि गोल अन्तरका आधारमा सातौँ र आठौँ भएका हुन् । सङ्कटा क्लब एउटा खेलमा जीत, एकमा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्कका साथ नवौँ स्थानमा छ ।

    ब्रिगेड ब्वाइज क्लब एउटामा जीत दुई खेलमा हार बेहोर्दै तीन अङ्कसहित लिगको दशौँ स्थानमा तथा हिमालयन शेर्पा क्लब एक खेलमा हार दुईमा बराबरी खेलेर दुई अङ्कका साथ ११औँ स्थानमा तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दुई खेलमा हार र एकमा बराबरी खेल्दै दुई अङ्कसहित १२औैँ स्थानमा छ । लिगको तेस्रो चरणको सबै खेलमा पराजित रहेका फेन्डस् क्लब र सरस्वती युथ क्लब अङ्कविहीन अवस्थामा छन् ।

    चौथो चरणका खेल आजदेखि

    शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत चौथो चरणका खेल आजदेखि शुरु हुँदैछन् । चौथो चरणका सबै खेल सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइने छ । दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम हुने भएकाले चौथो चरणका सबै खेल सातदोबाटोमा खेलाउनु परेको एन्फाले जनाएको छ । सातदोबाटोमा आज न्युरोड टिम र मच्छिन्द्र क्लबबीच तथा मनाङ मर्स्याङ्दी क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.