सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री


  •    न्युजभित्तो/१४ बैशाख २०८२, आईतवार १५:२९ 
  • काठमाडौँ, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आमा पृथ्वीको प्रत्यक्षस्वरुपका रूपमा भएकाले आमाप्रति सबैको समर्पण र कृतज्ञता प्रगाढ हुनुपर्ने धारणा राख्नुभएको छ ।

    आज मातातीर्थ औंँसीका अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भनेर शुभकामना दिनुभएको हो ।

    प्रधानमन्त्री ओलीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा सबै आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्नुुभएको छ । प्रधानमन्त्री ओलीले आफूले चार वर्षको उमेरमा आमा गुमाउनु परेकाले आमाको अनुहार त्यति स्पष्ट नभएको उल्लेख गर्नुभएको छ ।

    “मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ । मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बन्नुभयो,” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । आमाको मुहार धमिलो सम्झना आइरहेछ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.