सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको छः महासचिव पोखरेल


  •    न्युजभित्तो/१२ बैशाख २०८२, शुक्रबार १५:०८ 
  • काठमाडौँ, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारले देश र जनताको हित हुने काम गरेको बताउनुभएको छ । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकको उद्घाटन समारोहमा महासचिव पोखरेलले वर्तमान सरकारले विकास निर्माण र मुलुकको समृद्धिका लागि काम गरिरहेको बताउनुभयो ।

    “राजस्व वृद्धि र विदेशी मुद्राको सञ्चिति बढाउनेछ, सडक निर्माणको काम धमाधम भइरहेको छ”, उहाँले भन्नुभयो, “यो सरकार आएपछि विआरआईमा सम्झौता भयो, यो महत्वपूर्ण काम हो ।”

    सूचना र प्रविधिको प्रयोगले धेरै कामकाज गर्न सहज भए पनि त्यसको दुरुपयोगले नेपाली समाजमा धेरै असहजता र अस्थिरता निम्त्याएको महासचिव पोखरेलको भनाइ थियोे । उहाँले गरिबी निवारणमा नेपालले राम्रो प्रगति गरेको र अहिले नेपाली समाज समानतातर्फ अघि बढेको उल्लेख गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनापछि मुलुकले विकासमा फड्को मारेको स्पष्ट पार्नुभयो ।
    “पत्रकारले सिर्जनात्मक भएर समाज र राष्ट्रका लागि भूमिका निवाह गर्नुपर्छ, सूचनाबाटै पत्रकारको सामथ्र्य बढ्छ”, महासचिव पोखरेलले भन्नुभयो । मुलुकलाई सही बाटोमा लैजाने र सबैभन्दा लोकप्रिय पार्टी एमाले भएको उल्लेख गर्दै उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को सङ्कल्प पूरा गर्न पार्टी अग्रसर भएको बताउनुभयो ।

    एमाले सङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले प्रेस चौतारी नेपालको श्रमजीवी पत्रकार र मुलुकको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान रहेको स्मरण गर्नुभयो । नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष नितु पण्डितले श्रमजीवी पत्रकारको पेसागत र व्यावसायिक हकहितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले सञ्चारिकाले महिला पत्रकारको पेसागत तथा व्यावसायिक सुरक्षाका लागि काम गर्ने बताउनुभयो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले फोनिज र चौतारीको उद्देश्य श्रमजीवी पत्रकारको हित नै भएकाले सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

    सो अवसरमा चौतारीले सञ्चारिका समूहका नवनिर्वाचित अध्यक्ष पन्थीसहित पदाधिकारी तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) का नवनिर्वाचित अध्यक्ष लक्की चौधरीसहित पदाधिकारीलाई बधाई तथा शुभकामनासहित सम्मानित गरेको थियोे । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.