सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्रमा रचनात्मक आलोचना होस्, समाजलाई भाँड्ने खालको होइन: प्रधानमन्त्री


  •    न्युजभित्तो/१२ बैशाख २०८२, शुक्रबार १४:३२ 
  • काठमाडौं, १२ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताएका छन्। भूकम्प स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुपर्ने बताए।

    त्यसबारे उनको भनाइ जस्ताको त्यस्तै,

    हामी जति बेला संविधान निर्माणको अन्तिम अन्तिम चरणतिर थियौँ र संविधान जारी गर्ने हाम्रो राष्ट्रको जुन साझा आकांक्षा थियो, तितो अनुभवसहित र अघिल्लो असफलताको तितो अनुभवसहित त्यही कुरा हामी दोहोरिन नदिन चाहिरहेका थियौँ र कुनै पनि हालतमा दोहोरिन नदिने हाम्रो संकल्प थियो । त्यस संविधानसभाले संविधान दिनै पर्दथ्यो, त्यो संकल्पका साथ हामी डटिरहेको बेला, जुटिरहेको बेला स्वभाविक रूपमा त्यहाँ स्वार्थ समूहहरू उत्पन्न हुनु, स्वार्थ समूहहरूले आफ्ना आफ्ना स्वार्थहरूलाई संविधान निर्माणका बखत अगाडि बढाउनु, स्वार्थहरू बाझिनु, स्वार्थहरू टकराउनु धेरै अस्वाभाविक थिएन ।

    हामीले ती कुराहरूलाई समाधान गर्नु पर्ने थियो । त्यस्तो बेलामा अचानक महाभूकम्प गयो । जसले नेपालको परिस्थितिलाई अर्कै दिशामा मोड्दियो । म नेपालका राजनीतिक दलहरूको सुझबुझलाई धन्यवाद भन्न चाहन्छु, त्यसबेला पक्ष र प्रतिपक्ष नभनेर जसरी एकजुटता कायम गर्ने र यस विपत्तिको हामी सबैले सामना गर्नु पर्दछ र संविधान निर्माणको काममा पनि साथैसाथै अगाडि बढ्नु पर्दछ भन्ने एउटा राष्ट्रिय एकताको भावना सबैतिरबाट प्रदर्शन भयो, त्यस कुराको म स्मरण गर्न चाहन्छु र त्यसका लागि सबै पक्षहरूलाई म धन्यवाद पनि भन्न चाहन्छु।

    हाम्रो युनिटी त्यसरी नै देखिनु पर्दछ । राष्ट्रिय प्रश्नहरूमा, राष्ट्रिय हितका प्रश्नहरूमा वा यस्ता महत्त्वपूर्ण प्रश्नहरूमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरूमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुपर्दछ ।

    लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनु पर्दछ । आलोचना स्वागत छ र स्वागतयोग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमा आधारित, रचनात्मक आलोचना होस् न कि झुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यान दिनुपर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विश्व शान्तिको कामना गर्दै बुद्ध जयन्ती मनाउने
    कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए
    चिडियाखानालाई तीन वर्गमा वर्गीकरण गरिने
    • काठमाडौँ महानगर र नेपाल प्रहरीबीच सहकार्य बारे छलफल
    • शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
    • लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
    • नारायणी सिँचाइ: जामुनीमा ब्यारेजमा ‘अटोमेसन गेट’ निर्माण अगाडि बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.