सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो


  •    न्युजभित्तो/११ बैशाख २०८२, बिहीबार ११:५६ 
  • तनहुँ, ११ वैशाख । लोकतन्त्र दिवसको अवसरमा गैरसरकारी संस्था महासङ्घले आज दमौलीमा गरेको कार्यक्रमका वक्ताहरुले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएकामा जोड दिएका छन् ।
    त्यस अवसरमा व्यास नगरपालिका नगरसभा सदस्य सुरेश वाग्लेले लोकतन्त्र नै सर्वोत्कृष्ट शासन व्यवस्था भएको बताउँदै अन्य विकल्पको खाजी हुनुहुँदैन भन्नुभयो ।

    लायन्स क्लब अफ तनहुँका पूर्वअध्यक्ष कृष्णहरि गैरेले नागरिकको हकअधिकार स्थापित गर्न लोकतन्त्र सुन्दर पक्ष भएकाले यसको सुदृढीकरण अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

    शिक्षक सङ्घका पूर्वअध्यक्ष कमलभक्त पोखरेलले समाजमा लोकतन्त्र रक्षाको लागि नेताहरु जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

    बाल अधिकारकर्मी सुशीला शर्मा, अधिकारकर्मी सरिता थापा भण्डारी र गैरसरकारी संस्था महासङ्घकी अध्यक्ष सरलादेवी श्रेष्ठलगायत वक्ताले लोकतन्त्रको रक्षाका लागि तीनवटै तहका सरकारले प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनुभयो ।

    तत्कालीन राजा ज्ञानेन्द्रले ‘जनताको नासो जनतालाई नै फिर्ता’ गरेको २०६३ वैशाख ११ गतेको स्मरणमा २०६४ सालदेखि हरेक वर्ष लोकतन्त्र दिवस मनाउन प्रारम्भ भएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.