सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रुपान्तरणका लागि हुनुपर्छः अध्यक्ष नेपाल


  •    न्युजभित्तो/९ बैशाख २०८२, मंगलवार १०:५० 
  • काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा गरिबी, पछौटेपन, विभेदको अन्त्य गरी आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कम्युनिष्ट पार्टीको स्थापना भएको बताउनुभएको छ ।

    नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले कम्युनिष्ट पार्टीका नेताहरूको आदर्श र जीवनशैलीमा आएको विचलनका कारण अहिलेको राजनीतिमा विकृति र विसङ्गति देखिएको हो भन्नुभयो । कम्युनिष्ट पार्टीले मुलुकमा भएका निरङ्कुशताविरुद्धको सबै आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उहाँले स्मरण गर्नुभयो ।

    पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले कम्युनिष्ट नेताहरू निष्ठावान् हुनुपर्ने जनाउँदै कम्युनिष्ट आदर्श तथा त्याग, तपस्या, बलिदानको भावनाले समाज परिवर्तन र मानव सेवाको भावना राखेर अघि बढ्नुपर्छ भन्नुभयो ।

    मुलुकमा छरिएका विभिन्न वामपन्थी शक्तिहरूलाई एकठाउँमा ल्याउन भइरहेका प्रयासको सराहना गर्दै अध्यक्ष नेपालले वैचारिक दृष्टिकोण मिल्ने पार्टीसँगै एकता तथा लोकतान्त्रिक, समाजवादीलगायत विचार समूहसँग सहकार्य गरी अग्रगमनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.