सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर छ ऊर्जामन्त्री खड्का


  •    न्युजभित्तो/८ बैशाख २०८२, सोमबार १७:४४ 
  • काठमाडौँ, ८ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शिक्षकले उठाएका माग समाधानमा सरकार गम्भीर भएको बताउनुभएको छ । मन्त्री खड्काले आज गृहजिल्ला सङ्खुवासभाका शिक्षकसँग आज यहाँ गरेको अन्तरक्रियामा आन्दोलनरत शिक्षकको जायज मागप्रति सरकार सकारात्मक रहेको बताउनुभयो । शिक्षकहरूले उठाएका मागहरू समाधान गर्न शिक्षामन्त्री, प्रधानमन्त्री तथा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

    “प्रधानमन्त्री, मन्त्री वा जुनसुकै तहको नेतृत्वमा पुग्दा शिक्षकको योगदान अविस्मरणीय छ, शिक्षकहरू सधँै सम्मानित र आदरणीय पात्र हुनुहुन्छ”, उहाँले भन्नुभयो । उहाँले संविधान निर्माणदेखि गणतन्त्र स्थापनासम्मको यात्रा शिक्षकको योगदान महत्त्वपूर्ण भएको उल्लेख गर्नुभयो ।

    “माओवादी जनयुद्ध, विभिन्न द्वन्द्व, भूकम्प, कोरोना महामारी तथा विश्वव्यापी आर्थिक असन्तुलनका समयमा शिक्षक मात्र होइन, सम्पूर्ण राष्ट्र प्रभावित भयो, अहिलेको आर्थिक सुधारको चरणमा शिक्षकको आन्दोलनले विकासमा अवरोध पु¥याउन सक्छ, त्यसतर्फ पनि सरकारले हेर्नुपर्ने अवस्था छ,” मन्त्री खड्काले भन्नुभयो । उहाँले मुलुक निर्माणमा सरकार पक्ष वा विपक्ष सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले सबैले सघाउनुपर्ने बेला आएको बताउनुभयो । मन्त्री खड्काले ऐन संशोधनजस्ता विषयहरू कानुनी प्रक्रिया भएकाले ढिलो हुन सक्ने भएकाले विगतमा भएका सहमति कार्यान्वयनको प्रयासमा सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

    वार्ता र छलफल नै समस्या समाधानको एकमात्र उपाय हो, शिक्षकहरूको आन्दोलन जायज भए पनि सडक आन्दोलनको अवस्थामा गणतन्त्र विरोधी शक्तिहरूले फाइदा उठाउन सक्ने सम्भावनालाई आन्दोलनरत पक्षले पनि विचार गर्नुपर्ने उहाँको भनाइ थियो ।
    मन्त्री खड्काले आन्दोलनका कारण विद्यार्थीहरू शिक्षाबाट वञ्चित नहोस् भन्ने चिन्तामा सरकार रहेको बताउनुभयो । आन्दोलनलाई वार्तामार्फत समाधान गर्न आन्दोलनरत पक्षलाई उहाँले आग्रह गर्नुभयो । पुनः आग्रह गर्नुभयो ।

    नेपाल शिक्षक सङ्घ कोशी प्रदेशका अध्यक्ष तेजप्रसाद चौलागाईंले शिक्षकहरूको मागलाई सरकारले बेवास्ता गर्न नहुने भन्दै मन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले २० दिनदेखि शिक्षकहरू मर्यादित तरिकाले सडक सङ्घर्षमा रहेको भन्दै सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.