सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल


  •    न्युजभित्तो/८ बैशाख २०८२, सोमबार १६:०९ 
  • काठमाडौँ, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

    ललितपुरको खुमलटारस्थित निवासमा राष्ट्रिय समाचार समिति (रासस) द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै अध्यक्ष दाहालले पुस्तकका माध्यमबाट गणतन्त्रपछिका उपलब्धि र विकास निर्माणका कामलाई जनमानसमा बुझाउन उपयोगी हुने बताउनुभयो ।

    अध्यक्ष दाहालले राससले पछिल्लो समयमा गणतन्त्रलाई सहयोग पुग्ने महत्वपूर्ण काम गरेको र त्यसको उदाहरणका रुपमा यो फोटो पुस्तकलाई लिन सकिने धारणा राख्नुभयो । “गणतन्त्र स्थापनापछिको १६ वर्षको यस अवधिमा मुलुकको सभ्यता र संस्कृतिलाई जोड्ने र एक ठाउँमा ल्याउने सन्दर्भमा भए÷गरेका गतिविधिलाई पुस्तकमा समेटिएको छ । विकास निर्माणलगायत पूर्वाधारका क्षेत्रमा भएका उपलब्धिलाई जनमानसमा पु¥याई उनीहरूलाई बुझाउने काम पनि राससले गरेको छ । गणतन्त्रमा केही भएको छैन भन्ने कुरालाई पुस्तकले खण्डन गर्दछ ।”

    समावेशी र सङ्घीय अवधारणा रासस अगाडि बढ्न खोज्नु सुखद पक्ष हो भन्दै उहाँले आफ्ना सेवालाई विशिष्टीकृत र विविधीकरण गरेकामा संस्थालाई धन्यवाद दिनुभयो । “मेरो नेतृत्वको सरकार रहँदादेखि नै राससलाई चिनिरहेको छु र पछिल्लो समय राम्रो काम गरिरहेको पाएको छु”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “राससले व्यावसायिकता निर्वाह गर्ने प्रयत्न गरेको छ । सबैलाई समेट्ने जमर्को गरेको छ । नेपालमा मिडिया पुनःसंरचनाको कुरा बेलाबखतमा उठिरहेकै हो, त्यसै सन्दर्भमा राससले पछिल्ला दिनमा आफ्ना केही नयाँ सेवा पनि सुरुआत गरेको छ । मातृभाषामा समाचार सेवा थप गर्नाका साथै २४ घण्टे सेवा सञ्चालन गरिरहेको छ । जुन महत्वपूर्ण कुरा हो ।”

    अध्यक्ष दाहालले फोटो पुस्तक देश चिनाउन विदेशी पाहुनालाई दिन उपयुक्त हुने भन्दै यसको बढीभन्दा बढी पुस्तक प्रकाशन गर्ने व्यवस्था मिलाउन राससलाई आग्रह गर्नुभयो ।

    फोटो पुस्तक हस्तान्तरण गर्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले फोटो पुस्तकले गणतन्त्रको संस्थागत विकासका निम्ति सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले फोटो पुस्तक तयारी तथा छपाइ प्रक्रिया र समेटिएका विषयवस्तुबारे जानकारी गराउनुभयो । यसैगरी कार्यकारी अध्यक्ष झाले राससको काम कारबाहीका बारेमा पनि अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो ।

    उक्त पुस्तकमा देशका सबै जातजाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर ९० फोटोपत्रकारले खिचेका १८२ वटा तस्बिर समावेश छन् । पुस्तक हस्तान्तरण कार्यक्रममा राससका महाप्रबन्धक सिद्धराज राई, राससका वरिष्ठ कार्यकारी व्यवस्थापक शीतलप्रसाद महतो, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय र फोटोपत्रकार विकल्प दाहालको उपस्थिति थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.