सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रहः वार्तामा आउनुस्, सहमति गरेर काममा फर्किनुस्


  •    न्युजभित्तो/८ बैशाख २०८२, सोमबार १६:०४ 
  • काठमाडौं, ८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरूलाई वार्तामा आउन आउन आह्वान गरेका छन्। नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार शिक्षकका मागप्रति नकारात्मक नरहेको बताए। उनले संभव मागहरु पूरा गर्न सरकार तयार रहेको भन्दै वार्तामा आएर सहमति गरी कार्यस्थलमा फर्किन आग्रह गरे।

    ‘सरकार उहाँहरूका मागप्रति नेगेटिभ हुने कुरै छैन। संभव मागहरु सबै पूरा गर्छ। उहाँहरू तुरुन्त वार्तामा आएर विषय टुंग्याउनुस्। सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’ उनले भने, ‘औपचारिक वार्तै गर्नुहुन्न भन्ने अनौठो सुनेको छु मैले। आन्दोलन गर्ने वार्ता नगर्ने, के भनेको त्यो रु वार्तामा आउनुस्, कुरा गर्नुस्, संभव कुरा सरकारले गरिदिन्छ।’

    शिक्षकहरू २० दिनदेखि काठमाडौं केन्द्रित सडक आन्दोलनमा छन्। उनीहरूको आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान, एसइईको उत्तरपुस्तिका परीक्षणलगायतका काम प्रभावित भएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.