सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पीपीएल क्रिकेटको उपाधिका लागि शनिबार चितवन राइनोज र विराटनगर टाइटन्स प्रतिस्पर्धा गर्दै


  •    न्युजभित्तो/११ पुष २०७६, शुक्रबार २१:०७ 
  • कास्की । चितवन राइनोज र विराटनगर टाइटन्स दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्दैछन् ।

    चितवनले जारी प्रतियोगितामा उत्कृष्ट खेल पस्किँदै समूह चरणका पाँचवटै खेल जितेर फाइनलमा प्रवेश गरेको हो । त्यस्तै, विराटनगरले प्लेअफमा पुग्न कठिन सङ्घर्ष गर्नुपर्यो । पीपीएलको अघिल्लो संस्करणमा उपविजेतामा सीमित चितवन तथा गत वर्ष पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको विराटनगर दुवै टोली शनिबार फाइनल खेलमा मैदानमा उत्रिँदा पीपीएलको पहिलो उपाधिको खोजीमा हुनेछन् ।

    नेट रनरेटमा काठमाडौँभन्दा अघि रहँदै प्लेअफमा बुटवललाई पराजित गरेर विराटनगर प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । लिग चरणका पाँच खेलमध्ये तीन खेलमा विराटनगर पराजित भएको थियो भने दुई खेलमा जित हासिल गर्न सफल भयो । विराटनगर समूह चरणमा चितवनसँग १८ रनले पराजित भएको थियो ।

    पोखरा रङ्गशालामा आज फाइनल खेल अघिको पत्रकार सम्मेलनमा दुवै टोलीका कप्तानले आफ्नो तर्फबाट गल्ती कम गर्दै उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिने बताए । दुवै टोली यस वर्षको पहिलो फ्रेञ्चाइज लिग क्रिकेटको उपाधि जितेर सुखद् शुरुआतको तयारीमा रहेका छन् ।

    चितवनका कप्तान पारस खड्काले पाँच खेलमा हासिल गरेको सफलतालाई फाइनलमा समेत निरन्तरता दिने गरी स्पर्धामा उत्रिने लक्ष्य रहेको बताउनुभयो । “फाइनललाई सहज रुपमा लिएका छैनौँ, विगतमा के भयो कस्तो रिजल्ट आयोभन्दा पनि भोलि कसरी राम्रो गर्न सक्छौँ भन्नेमा हामी केन्द्रित छौँ” खड्काले भन्नुभयो ।

    दुवै टोलीले पछिल्लो समय राम्रो क्रिकेट खेलिरहेको तथा एक÷अर्कालाई हराउन सक्षम रहेकाले खेल प्रतिस्पर्धात्मक हुने खड्काले उल्लेख गर्नुभयो । राष्ट्रिय टोलीका पूर्वकप्तान रहनुभएका खड्काले विगतमा विदेशी खेलाडीको प्रभाव प्रतियोगितामा रहने गरे पनि यसपटक स्थानीय तथा विदेशी सबै खेलाडीले राम्रो गरिरहेको तथा स्थानीय खेलाडीको प्रदर्शन बढ्ता राम्रो रहनु देशका लागि शुभ सङ्केत भएको बताउनुभयो ।

    विराटनगरका कप्तान प्रदीप ऐरीले फाइनल खेल्ने टोली बलियो रहेको तथा आफ्नो टोलीले पछिल्ला खेलमा सुधार गरिरहेकाले मैदानमा गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्ने बताउनुभयो ।

    फ्रेञ्चाइज लिगको पहिलो फाइनल खेल्दै गरेकाले टोलीका सम्पूर्ण खेलाडी उत्साहित रहेको बताउँतै उहाँले भन्नुभयो, “मेरो कप्तानीमा पहिलो पटक फाइनल खेल्दा उत्साहित छु । गल्ती कम गर्दै उपाधि जित्ने गरी खेल्नेछौँ ।”

    प्रतियोगिता आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले प्राकृतिक वातावरणमा हिमश्रृङ्खलालाई साक्षी राखेर खेल्ने अवसर विश्वका अन्य मुलुकमा नरहेको बताउँदै क्रिकेट पूर्वाधार निर्माणका लागि राज्यले काम अघि बढाउनुपर्ने बताउनुहुन्छ । आवश्यक पूर्वाधार निर्माण गर्न सकेको खण्डमा पोखराको रङ्गशाला ‘तटस्थ मैदान‘का रुपमा विकास हुने र अन्तर्राष्ट्रिस्तरका प्रतियोगिता यहाँ सञ्चालन हुने धेरै सम्भावना रहेको उहाँले औँल्याउनुभयो ।

    पीपीएलले क्रिकेटको जग बसाल्न सहयोग पुगेको चर्चा गर्दै लामाले गत वर्ष रु ४६ लाख खर्च गरेर तयार गरेको मैदानमा साग खेलकुदलगायतका प्रतियोगिता सम्भव भएकाले थप व्यवस्थित गर्न सरकारी निकायबाट लगानी हुनुपर्ने उल्लेख गर्नुभयो । मङ्सिर २९ गतेदेखि शुरु भएको प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडी, ब्याट्सम्यान तथा बलर गरी तीन जनालाई जनही एक÷एक थान टीभीएस मोटरसाइकल प्रदान गरिने छ । प्रतियोगिताको ‘मोस्ट भ्यालुयबल’ खेलाडीलाई रु एक लाख तथा ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.