सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल


  •    न्युजभित्तो/२ बैशाख २०८२, मंगलवार १४:५६ 
  • काठमाडौँ, २ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताउनुभएको छ ।

    पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उहाँले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    यसअघि चिकित्सालयलाई सङ्घीय सरकारबाट रु १३ करोड बजेट विनियोजन भएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

    स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । छलफलअघि अध्यक्ष दाहाललगायत अभियान टोलीले उक्त चिकित्सालयको अवलोकन र नववर्षको शुभकामना आदानप्रदान गरेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.