सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल विद्वान र ऋषिहरूको देश हो: प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२६ चैत्र २०८१, बुधबार १८:१३ 
  • अर्घाखाँची, २७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञानको भूमि रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनि सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदव्यासजस्ता विद्धानहरू जन्मिएको प्रसंग निकाल्दै नेपाल धेरै विद्वान र ऋषिहरूको देश भएको बताए ।

    उनले पाणिनि ऋषिले व्याकरणमा १४ वटा सूत्र निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती व्याकरणको सूत्र प्रयोग गरेको बताए । उनले पाणिनि ऋषि पाकिस्तानबाट आएको नभई यही जन्मिएका दाबी गर्दै पाणिनिका बुवा यहीँका भएको जिकिर गरे ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले परशुरामको बाल्यकालको कथासमेत सुनाएका थिए । उनले पाणिनिसँगै रुरु र श्रृगेस्वरजस्ता महत्त्वपूर्ण स्थान रहेको बताउँदै अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गरे ।

    प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्र आज आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.