सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकार ढल्ने त कुरा छोडिदिनुस्, हल्लिँदा पनि हल्लिँदैन: प्रधानमन्त्री ओली


  •    न्युजभित्तो/२५ चैत्र २०८१, मंगलवार १६:०३ 
  • काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्नै नदिन लागेकाहरू अब थाकेको टिप्पणी गरेका छन् । मधेस प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै उनले दिनैपिच्छे सरकार फेरिन्छ कि भन्ने अवस्थाको अन्त्यका लागि नेपाली कांग्रेस र नेकपा (एमाले)को समीकरण बनाइएको बताए ।

    “दिनैपिच्छे सरकार फेरिन्छ कि, फेरिन्छ कि ! दाउपेचको स्थिति अन्त्य गर्नका लागि यो समीकरण बनाइएको हो । केही मान्छेको सोखजस्तो भएको छ, तिनीहरू पनि थाके अब । यो सरकार बन्नै नदिन कोसिस गर्दैथे,” उनले भने, “सरकार बन्दैन भन्दैथे, विश्वासको मत प्राप्त गर्दैन भन्दैथे । झन्डै दुईतिहाइ त नेपाली कांग्रेस र एमालेसँग छ ।”

    ओलीले कांग्रेस–एमाले समीकरणको सरकारलाई कुनै असर नगर्ने पनि बताए । “यो सरकार ढल्ने त कुरा छोडिदिनुस् । हल्लिँदा पनि हल्लिँदै,” उनले भने ।

    उनले चुनावमा जान नसक्ने तत्वले व्यक्तिका घर, कारखाना जलाएको भन्दै समाजमा स्वीकार्य नहुने बताए । उनले कानुनभन्दा माथि कोही नहुने भएकाले तीनकुने घटनाका दोषी सबैलाई कारबाही गरिने स्पष्ट पारे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.