सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

यमनको अलराक्वमा एक महिनामा तेस्रो आक्रमण, १७ सर्वसाधारणको मृत्यु


  •    न्युजभित्तो/१० पुष २०७६, बिहीबार २१:२९ 
  • साना (यमन), । यमनको उत्तरी क्षेत्रको गभर्नरको कार्यालय रहेको सादा सहरमा भएका आक्रमणमा परी कम्तीमा १७ व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ । यो सहरमा करिब एक महिनाको अन्तरालमा भएका आक्रमणमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।

    यमनमा पछिल्ला केही महिना यता तुलनात्मक रूपमा शान्त रहने गरेको भएपनि सादामा एक महिनाको अन्तरालमा तीन आक्रमण भएका छन् ।

    इरानसँग निकट मानिने यमनी हुथी विद्रोहीको प्रभाव क्षेत्र मानिने सादामा साउदी नेतृत्वको सैन्य गठबन्धनले गरेको सुरक्षा आक्रमणमा ठूलो सङ्ख्यामा हुथी विद्रोहीको मृत्य भएपछि विगत केही महिना सादाको अलराक्वमा ठूला झडपका घटना भएका थिएनन् ।

    बिहीबार मृत्यु भएका १७ सर्वसाधारणमध्ये १२ जना इथियोपियाली आप्रबासी रहेका र पाँच जना यमनी नागरिक रहेको बताइएको छ । राष्ट्रसंघले घटना कसले घटाएको र आक्रमणमा कस्तो खालको हतियार प्रयोग गरिएको भन्नेबारे केही बताएको छैन ।

    अलराक्वमा नोभेम्बर २२ मा पनि यस्तै आक्रमण भएको थियो भने त्यसको केही दिनपछि पनि यसै प्रकारको आक्रमण भएको थियो । नोभेम्बर २२ र लगत्तै केही दिनपछि भएका दुई घटनामा परी २० जनाको मृत्यु भएको थियो भने कम्तीमा २२ जना घाइते भएका थिए । उक्त सहरमा युद्धविरामको अवज्ञा गर्दै भएका घटनामा अहिलेसम्म ८९ सर्वसाधारणले ज्यान गुमाएका छन् ।

    राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा भनेको छ, “सादामा भएका हरेक प्रकारका आक्रमणले युद्धविरामको उल्लङ्घन भएको र यस्ता घटना रोक्न सम्बद्ध सबैलाई आग्रह गर्दछ ।”

    यमनमा सन् २०१५ को मार्चमा गठबन्धनले हुथी विद्रोहीविरूद्ध सुरू गरेको द्वन्द्वका कारण दशौँ हजार मानिस मारिएका छन् भने लाखौँको सङ्ख्यामा विस्थापित भएका छन् । राष्ट्रसंघले यमनको मानवीय सङ्कटलाई विश्वकै चिन्ताजनक समस्याका रूपमा व्याख्या गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.