सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘योगमाया विश्वविद्याल सरकारको प्राथमिकतामा’


  •    न्युजभित्तो/२४ चैत्र २०८१, सोमबार १६:०२ 
  • काठमाडौँ, २५ चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

    विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमाका लागि आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा उहाँले आयुर्वेद क्षेत्रको विकासका लागि योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको हो ।

    “हिमालय र आयुर्वेद क्षेत्रको आफ्नै सम्बन्ध छ, सङ्खुवासभालगायतका जिल्लाहरु जडीबुटीको केन्द्र भएकाले यसलाई सही प्रयोग गर्न यस्ता विश्वविद्यालयले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । मन्त्री खड्काले विदुषी योगमायाले आफ्नो समयमा गरेको क्रान्तिकारी कामलाई आयुर्वेद विश्वविद्यालयमार्फत सरकारले सम्झन लागेको उल्लेख गर्नुभयो । उहाँले विश्वविद्यालयका लागि चाँडो नै कर्मचारी व्यवस्थापन हुनेसमेत बताउनुभयो ।

    ऊर्जामन्त्री खड्काले सरकारले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिने बताउँदै सरकारले त्यस्ता नागरिकका लागि जलविद्युत् क्षेत्रमार्फत रु दुई लाखदेखि पाँच लाखसम्मको शेयरको व्यवस्था गर्न लागेको उल्लेख गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.