सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुखलाई भेटेपछि रविले भनेः राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र


  •    न्युजभित्तो/१८ चैत्र २०८१, मंगलवार १३:४६ 
  • काठमाडौँ, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नोविरुद्ध राज्य नै लागेको बताएका छन् ।

    मंगलबार सभामुख देवराज घिमिरेलाई भेटेर सांसद पद निलम्बन फुकुवाको माग गरेपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    पत्रकारले लामिछानेलाई सभामुखले सांसद पदबाट निलम्बन फुकुवा नगरे अदालत जाने हो भनेर सोधेका थिए । जवाफमा उनले अदालत जानु अन्तिम विकल्प भएको बताए । आफूले सभामुखलाई नै निलम्बन फुकुवाका लागि आग्रह गरेको बताए । सभामुखले निलम्बन फुकुवा गरिदिनु पहिलो विकल्प रहेको बताए ।

    कहिलेसम्म अदालत जाने भन्ने प्रश्नमा लामिछाने पन्छिए । यो प्रश्नमा लामिछानेले भने, ‘राज्य लागेपछि व्यक्तिको के लाग्दो रहेछ र १’

    लामिछाने पुस ८ गतेदेखि सांसद पदबाट निलम्बित छन् ।

    संघीय संसदको हिउँदे अधिवेशन सुरु हुने पहिलो दिन गत माघ १८ गते पनि सभामुख घिमिरेलाई भेटेर लामिछानेले सांसद पद निलम्बन फुकुवाको माग गरेका थिए । आफूले सभामुख र संसदबाटै समाधान चाहेको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.