सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति दलहरु एकताबद्ध छौः सचिव भट्टराई


  •    न्युजभित्तो/१७ चैत्र २०८१, सोमबार १६:३८ 
  • काठमाडौँ, १८ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेशकुमार भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएको बताउनुभएको छ ।

    “राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला, फरक मत हुनसक्छ, तर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा फरक छैनौँ”, प्रतिनिधिसभाको आजको बैठकमा सांसद भट्टराईले भन्नुभयो, “नेपालको संविधान, कानुन र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सिङ्गो राजनीतिक दल एकताबद्ध छौँ ।”

    प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलको उठाएको विषयलाई संविधान, नियम, कानुन, संसद्को नियमावलीमा रहेर संसद्मा सम्बोधन गरिरहँदा अवरोध गर्ने कार्यप्रति दल र संसद्को तर्फबाट उहाँले निन्दा गर्नुभयो ।

    “प्रधानमन्त्रीले नेपालको संविधान, कानुन, संसद्को नियमावलीमा रहेर विपक्षीले उठाएको प्रश्नको विषयमा कुरा राखिरहँदा जसरी असाध्यै असहिष्षुण तरिकाले अवरोध गर्न खोजियो, नेपालको इतिहासमा एउटा कालो धब्बा होला”, एमाले सचिव भट्टराईले भन्नुभयो, “तर यो संसदीय व्यवस्थामा यतिमै अतालिँदैन, क्षणिक आवेशबाट विचलित छैनौँ, सिङगो लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरु विचलित भएका छैनाँै ।”

    सचिव भट्टराईले गत शुक्रबार राजावादीको आन्दोलनका क्रममा भएको अप्रिय घटनामा परी श्रमजीवी पत्रकार सुरेश रजकको मृत्युप्रति भत्र्सना गर्नुभयो । उहाँले भन्नुभयो, “तीनकुनेमा इतिहासमा कहिल्यै नभएको घटना भयो, उक्त घटनाको म निन्दा गर्दछु, सांसद सन्तोष परियारको गाडीमा आगो लगाउने काम भयो, नचिनेको हुनाले उहाँ बच्न सफल हुनुभयो, दलको तर्फबाट म उहाँप्रति सहानुभूति प्रकट गर्दछु ।”

    सचिव भट्टराईले नेपालमा संवैधानिक राजतन्त्र र राजा चाहिन्छ भन्ने विषय सुुनिएको उल्लेख गर्दै विगतमा राजा र राजनीतिदलप्रति भएको सम्झौता पटक–पटक इतिहासमा उल्लङ्घन भएको बताउनुभयो । “राजा र संसद्बीचको सम्झौता पटक–पटक भयो । विसं २००७, विसं २०१५ सालको कुरा हेरौँ, पञ्चायतलाई जिताउनका २०३७ सालमा षडयन्त्रलाई हेर्न सकिन्छ, त्यो नभएको भए नेपालको लोकतन्त्र अझै सुदृढ हुने थियो”, उहाँले भन्नुभयो, “विगतमा धेरै पटक सम्झौता भङ्ग भएको छ, २०४७ सालको संविधानमा बेलायत, थाइल्याण्डभन्दा पनि राम्रो राजतन्त्रको व्यवस्था ल्याइएको थियो, तर त्यो पनि कार्यान्वयन हुन सकेन ।”

    उहाँले जनताको रगत र पसिनाबाट बनेको संसद् विश्वविद्यालय भएको र संसद् भवनमा आचरण, व्यवहार र पद्धति नभत्किने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “२१औँ शताब्दीको सभ्य समाजमा छौँ, पूर्वराष्ट्रअध्यक्षको सुविधा दिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा राखिएको छ, उहाँले यो सम्झौता पनि भङ्ग गर्नुभएको छ, उहाँको सेवासुविधा अब के हुन्छ सरकारलाई सोध्न चाहन्छु ।”

    उहाँले राजतन्त्रको पालामा बेचिएका मूर्ति अहिले नेपालमा संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले फिर्ता ल्याइरहेको हुँदा त्यो व्यवस्था कस्तो थियो अहिले पनि प्रष्ट भएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै वसं २०४७ साल र अहिलेको तथ्याङ्कसमेत प्रस्तुत गर्नुभयो । विसं २०४७ सालमा नेपालको कूल ग्राह्स्थ्य उत्पादन करिब रु चार अर्ब भएको र करिब रु ५४ अर्ब कूल ग्राह्स्थ्य उत्पादन रहेको जानकारी दिनुभयो ।

    त्यस्तै, प्रतिव्यक्ति आय १८० डलर भएकोमा अहिले १४ सय डलर भएको, सिमेन्टको घर भएका मानिस ११ प्रतिशत भएकोमा अहिले ५६ प्रतिशत भएको बताउनुभयो । मातृमृत्यृदर, बालमृत्युदरमा उल्लेख्य रुपमा घटाउन सकेको उल्लेख गर्दै सचिव भट्टराईले राजनीतिक दलहरुबीच केही कमजोरी भए वा यो व्यवस्थाअनुसार काम गर्न नसकिएकोमा दलहरुले आत्मआलोचना गरेर अघि बढनुपर्ने बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.