सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनबाट ठोरी हुँदै प्रसाईं भारत पसेको हल्ला मात्रै होः पर्सा प्रहरी उपरीक्षक


  •    न्युजभित्तो/१७ चैत्र २०८१, सोमबार १४:१५ 
  • काठमाडौं, १८ चैत । काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं ठोरी नाका हुदैं भारत पसेको हल्ला मात्रै भएको पर्सा प्रहरीले बताएको छ । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीले खोजी गरिरहेका प्रसाईं पर्साको ठोरी नाका भएर भारत पसेको बारे आँफुहरुलाई जानकारी नभएको बताएका हुन् ।

    उनले भने,‘ त्यो खबरमा सत्यता छैन । पर्साका हरेक नाकामा प्रहरीले निगरानी गरिरहेको छ । ठोरी वा कुनै नाका भएर प्रसाईं भारत छिर्नसक्ने सम्भावना नै छैन ।

    तर, यसअघि व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको प्रहरी श्रोतले जनाएको थियो । एक उच्च प्रहरी अधिकारीले प्रसाईं चितवनको माडी हुदैं पर्साको ठोरी नाका भएर भारत पुगेको बताएका थिए । काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए । प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबीच उनी काठमाडौं छाडेर भारत हानिएको प्रहरीको भनाइ छ ।

    प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका दुर्गा प्रसाईं चितवनको माडी हुदैँ ठोरी नाका भएर भारत गएको प्रहरीले दाबी गरेका थिए । यस्तै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको बताउका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”
    • इच्छाकामना आधारभूत अस्पताल उद्घाटनः प्रदेश सरकारले विशेषज्ञ चिकित्सक र प्रविधि उपलब्ध गराउने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.