महानगरले ज्ञानेन्द्रलाई हुलाकबाट पठायो जरिवानाको पत्र
न्युजभित्तो/१६ चैत्र २०८१, आईतवार १२:४९
काठमाडौँ, १७ चैत । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हुलाक मार्फत जरिवाना पत्र पठाएको छ । शाहले जरिवानाको पत्र बुझ्न नमानेपछि नगर प्रहरी बलले हुलाकमार्फत पत्र पठाएको हो ।
‘जरिवानाको पत्र बुझ्ने टोलीलाई भित्र जान दिएन । फर्केर टोलीले हुलाक मार्फत पत्र पठाएको छ,’ नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले भने । महानगरले गत शुक्रबारको घटनामा विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेख्दै पूर्वराजा शाहलाई ७ लाख ९३ हजार जरिवाना गराएको छ ।