सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा महानगर सचेत छ’


  •    न्युजभित्तो/७ चैत्र २०८१, शुक्रबार १६:४३ 
  • पाटन (ललितपुर), ८ चैत । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले अगाङ्गतामैत्री र गुणस्तरीय पूर्वाधार निर्माणमा ललितपुर महानगर सचेत रहेको बताउनुभएको छ ।

    सङ्युक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले आज यहाँ आयोजना गरेको अपाङ्गतासम्बन्धी तथ्याङ्क विश्लेषणसहितको प्रतिवेदन सार्वजनिक कार्यक्रममा उहाँले सार्वजनिक भएको अपाङ्गतासम्बन्धी तथ्याङ्क अपाङ्गता भएकाहरूको हित काम गर्न महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा उपयोग गर्ने बताउनुभयो ।

    “अपाङ्गता भएकाहरूका विभिन्न समस्या समाधानका लागि निरन्तर काम गर्दै आएका छौँ, अगाङ्गतामैत्री पूर्वाधार निर्माण गर्दै आएका छौँ । पूर्वाधार निर्माणमा गुणस्तरीय र अपाङ्गतामैत्री बनाउनेमा ललितपुर अगाडि छ भन्ने हाम्रो दाबी छ, अझै बन्ने धेरै परियोजना हामी अपाङ्गतामैत्री बनाउँदैछौँ”, उहाँले भन्नुभयो ।

    महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले प्रतिवेदनले महानगरभित्र रहेका अपाङ्गता भएकाहरूको सङ्ख्या र परिचयपत्र लिनेहरूको अवस्थाबारेका जानकारीलाई व्यवस्थापन गर्न सहयोग पु¥याउने बताउनुभयो । स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठले महानगरले सार्वजनिक शौचालय, अपाङ्गतामैत्री लिप्ट, ¥याम्पलगायतका क्षेत्रमा सहयोग गरिरहेको बताउनुभयो ।

    महानगरका २९ वडाका तीन हजार २६ घरमा पुगेर सङ्कलन गरिएको तथ्याङ्कमा शारीरिक अपाङ्ता भएकाहरूको सङ्ख्या एक हजार ३३७ रहेको प्रतिवेदनमा उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.