सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्नेलाई कारबाही गर्न माग


  •    न्युजभित्तो/५ चैत्र २०८१, बुधबार १६:०४ 
  • काठमाडौँ, ६ चैत । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको छ ।

    बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले भन्नुभयो, “हामीले उपभोग गर्ने कतिपय गुणस्तरहीन खाद्यान्न र औषधि बिक्री भइरहेको समाचार आइरहेका छन् । सम्बन्धित निकायले गुणस्तरहीन वस्तु उत्पादन र बिक्री गर्ने उद्योग तथा कम्पनीमा अनुगमन गर्नुपर्छ ।”

    सांसद गङ्गाकुमारी बेल्वासेले सरकारले लामो समयदेखि आन्दोलनरत शिक्षकको माग पूरा गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले शिक्षकहरू आन्दोलनमा छन, यसअघि शिक्षकसँग सरकारले गरेको सहमति कार्यान्वयन हुन सकिरहेको छैन, त्यो सहमति कार्यान्वयन गरी शिक्षकलाई आफ्नो काममा फर्काउन अनुरोध गर्दछु ।” शैक्षिक क्षेत्रको सुधारसँगै विद्यार्थी हकहितको आन्दोलनलाई मर्यादित ढङ्गले अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    सांसद गोपीबहादुर सार्की अछामीले सरकारी स्वामित्वमा रहेका उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्ट कारखाना बन्द हुने अवस्थामा रहेको जनाउँदै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “उदयपुर सिमेन्ट कारखानाको पाँच अर्ब दायित्व सरकारले मुक्तान गर्न सकिरहेको छैन, कच्चा पदार्थ खरिद गर्न बजेट छैन, तीन सयभन्दा बढी कर्मचारीले तलब पाएका छैनन्, यस्ता विद्यमान समस्याको समाधान गरी उद्योग सञ्चालन गरियोस् भन्ने माग गर्दछु ।”

    सांसद जगप्रसाद शर्माले वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा बेपत्ता हुनुभएकी दाङकी लिला श्रेष्ठको खोजी गर्न सरकारसँग अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “दाङको तुलसीपुर उपमहानगरपालिका–१ निवासी श्रेष्ठ रोजगारीको सिलसिलामा दुबई गएको तीन वर्ष भएको छ । विगत एक वर्षदेखि उहाँ बेपत्ता हुनुहुन्छ, उहाँ आफन्तको सम्पर्कमा पनि हुनुहुन्न, परिवारले खोजी गरिरहे पनि अहिलेसम्म पत्ता लागेको छैन ।”

    सांसद शर्माले दुबईस्थित राजदूतावास, परराष्ट्र मन्त्रालय र सरोकार भएका निकायसँग आवश्यक समन्वय गरेर श्रेष्ठको खोजी कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.