सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पच्चिस करोड नगद बरामद भएको घटनामा निष्पक्ष छानबिन गर्न माग


  •    न्युजभित्तो/५ चैत्र २०८१, बुधबार १४:४४ 
  • काठमाडौँ, ६ चैत । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोमबार काठमाडौँबाट करिब रु २५ करोड अवैध रकम बरामद भएको घटनामा गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गर्नुभएको छ ।

    बैठकको आकस्मिक समयमा सांसद माधव सापकोटाले सोमबार राति ११ बजे काठमाडौँको टोखा नगरपालिका–२ झोरबाट नेपाल प्रहरीले करिब रु २५ करोड अवैध रकमसहित एउटा गाडी बरामद गरेको घटना उल्लेख गर्दै घटनाबारे गम्भीरतापूर्वक निष्पक्ष छानबिन गर्न माग गर्नुभयो ।

    सोमबार राति ११ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले नगदसहित एक जनालाई पक्राउ गरेको थियो । काठमाडौँको झोर महाकाल क्षेत्रबाट ना १ ख १६५२ नम्बरको ट्रकबाट चालकसहित उक्त रकम बरामद गरिएको जनाइएको छ ।

    सांसद सोपकोटाले भन्नुभयो, “डलर र यूरो गरेर करिब रु २५ करोड अवैध रकम बरामद भएको समाचार बाहिर आएको छ, यो घटनाले सिङ्गो देशलाई तरङ्गित बनाइरहेको छ । यो घटनाले सङ्गठित अपराध र तस्करीको जालो कुन स्तरसम्म झाङ्गिरहेको छ भन्ने प्रष्ट हुन्छ ।”

    “हिजो मात्रै यूरो र डलर गरी रु २५ करोड बोकेको ट्रक बरामद भएको छ, के नेपाल तस्करहरूको ‘ट्रान्जिट पोइन्ट’ बनेको हो रु”, सांसद रोशन कार्कीले प्रश्न गर्नुभयो । उहाँले दिनप्रतिदिन तस्करहरूको जालोमा मुलुक फसिरहेको भन्दै उक्त जालो भत्काउन अपराधसम्बन्धी घटनामा निष्पक्ष भएर छानबिन गर्न माग गर्नुभयो ।

    सांसद सुमना श्रेष्ठले सरकारले शिक्षा क्षेत्रलाई गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले मधेस प्रदेशमा एसइईको परीक्षा हुन नसक्नुको कारणबारे सरकारले संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभयो ।

    स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा राजनीतिक पार्टीको हस्तक्षेप हुँदा विश्वविद्यालयको अध्ययनमा असर परेको सांसद श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो, “विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चित गरियोस्, यो विषयमा एकले अर्कालाई आरोप प्रत्यारोप गरेर हुँदैन ।”

    सांसद रामकृष्ण यादवले देशमा शान्ति, सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामकुमार राईले खोटाङ जिल्लामा यही चैत ४ गते आगलागी भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रामहरि खतिवडा र मुक्ताकुमारी यादवले मुलुकका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.