सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनलाई ढाकछोप नगरौँः मुख्य सचेतक घिमिरे


  •    न्युजभित्तो/२ चैत्र २०८१, आईतवार १४:११ 
  • काठमाडौँ, ३ चैत । नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले मुलुकमा प्राप्त उपलब्धि र जनताको जीवनस्तरमा देखिएको सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रमको खेती नगर्न प्रतिपक्षीलगायत दललाई आग्रह गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापछिको अवस्थामा व्यापक परिवर्तन आएको, देश विकास र सुशासन प्रवद्र्धन भई जनतामा आशा र विश्वास जागिरहेको बताउनुभयो । यस्तो अवस्थामा विभिन्न व्यवस्था र बहानाबाजीमा देशमा केही पनि भइरहेको छैन भनी जनतामा भ्रम सिर्जना भइरहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “कुनै विधेयकमा विमति भए, यी कुरालाई यसरी सच्याएर जान सकिन्छ भनेर सुझाव दिने प्रतिपक्षीको धर्म हो, गाँजाखेतीलाई अगाडि बढाउने कानुन निर्माणमा किन आपत्ति, वनसम्बन्धी कानुनले धेरै विकास निर्माणका काम प्रभावित भइरहेका छन् यसबारे कुरा उठाउने प्रतिपक्षीको धर्म हो । तर, मुलुकमा केही भएको छैन । देश बर्बादै हुनलाग्यो भन्नेजस्ता भाष्य निर्माण गरेर जनतलाई झुक्याउने काम गरिनुहुन्न ।”

    देशको अति जरुरी विषय भनेको पूर्वाधार निर्माण हो भन्दै मुख्य सचेतक घिमिरेले सडक, खानेपानी, खेलकुदलगायतका क्षेत्रको पूर्वाधार निर्माणमा लगानी आवश्यक भएको बताउनुभयो । उहाँले निजी क्षेत्रलाई मेडिकल कजेल र इञ्जिनियरिङ अध्ययन संस्थान खोल्न नदिइएको र सरकारले मात्रै त्यस्ता संस्थाहरु सञ्चालन गर्न कठिन हुने भन्दै यसतर्फ सबैको ध्यान जानुपर्ने खाँचो औँल्याउनुभयो । पुँजीगत खर्च बढाएर युवा पलायन रोक्दै देश विकासमा सबै दत्तचित्त भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    मुख्य सचेतक घिमिरेले मुलुकमा रु १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “हिजोका दिनमा जापान, कोरियाजस्ता देशले पनि विदेशमा रोजगारीका लागि नागरिक पठाएका थिए । आज चिनियाँ नागरिक कुन मुलुकमा छैनन् । पर्यटनले रु एक खर्ब पनि विदेशी मुद्रा आर्जन गर्न सकेको छैन । ऊर्जा र सूचना प्रविधिबाट पनि पर्याप्त विदेशी मुद्रा भित्रिन सकेको छैन । तर, यति धेरै विप्रेषण (रेमिट्यान्स) भित्र्याउनेलाई बेवास्ता गर्न मिल्छ रु ।”

    मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको उहाँले उल्लेख गर्नुभयो । “प्रविधिमा मानिसहरुको पहुँच बढेको छ, व्यवस्थामात्रै होइन अवस्थामा पनि परिवर्तन भएको छ । त्यसैले नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.