सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वनमन्त्री शाहीद्वारा जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण


  •    न्युजभित्तो/३० फाल्गुन २०८१, शुक्रबार १६:०८ 
  • काठमाडौँ, १ चैत । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीले जलवायुका असरबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ । ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन संयुक्त अधिराज्य बेलायतको लण्डन पुग्नुभएका उहाँले जलवायुका असरबारे ध्यानाकर्षण गराउनुभएको हो ।

    मन्त्री ठकुरी बेलायतको विदेश, राष्ट्रमण्डल र विकास कार्यालय ९एफसिडिओ० द्वारा आयोजित मन्त्रीस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुग्नुभएको हो । उहाँ बिहीबार साँझै बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी हुनुभएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ । यसअघि बिहीबार दिउँसो मन्त्री ठकुरीले मन्त्रीस्तरीय गोलमेच बैठकमा नेपालको जल सुरक्षाका दृष्टिकोणहरू प्रस्तुत गर्नुभएको थियो ।

    उक्त कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्री, जल सुरक्षा, जलवायु परिवर्तन र प्रकृतिका विज्ञ र विश्व बैंक, युएनइपी, युएनआइसीइएफ, आइएफएडी र ग्लोबल कमिसन अन द इकोनोमिक्स अफ वाटरलगायत अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

    मन्त्री ठकुरीले प्रणाली र जीविकोपार्जनमा जलवायु परिवर्तनले ल्याएका जीवन–मरणका चुनौतीको सामना गर्न नेपाल सरकारले लिएका पहलबारे प्रकाश पार्नुभएको थियो । सो अवसरमा उहाँले नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ बारेमा जानकारी गराउनुभएको मन्त्री ठकुरीको सचिवालयले जनाएको छ ।

    संवादमार्फत नेपाल सरकारले बहुपक्षीय अन्तरक्रिया गर्न थालेको उल्लेख गर्दै मन्त्री ठकुरीले यो विश्वव्यापी संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा हुने बताउनुभयोे । उहाँले हिमालय क्षेत्रको जलवायु परिवर्तनका मुद्दाहरू सम्बोधन गर्न आवाज उठाउन र समर्थन जुटाउन नेपालको बलियो पहलका बारेमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा मन्त्री ठकुरीले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाकोतर्फबाट बेलायतको ‘एफसिडिओ’ का अन्तर्राष्ट्रिय विकास, ल्याटिन अमेरिका र क्यारिबियन मामिलाका राज्यमन्त्री बैरोनेस चापम्यानलाई संवादमा सहभागी हुन औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको थियो । साथै बेलायतका प्रकृति विशेष प्रतिनिधि रुथ डेभिसलाई पनि सोही निमन्त्रणा दिनुभएको थियो । सो अवसरमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेलगायत सहभागी हुनुहुन्थ्यो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
    परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट
    पूर्वउपसभापति खड्कालाई सातदिने स्पष्टीकरण
    • आरोग्य दिवस मनाइयो
    • कूटनीतिबारे लेख्न महिला पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने
    • सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
    • मल्कवाङमा खानेपानीको पहुँच पुग्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.