सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि एपीएफलाई


  •    न्युजभित्तो/९ पुष २०७६, बुधबार २२:२४ 
  • काठमाडौँ । सातौँ प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै एपीएफले उपाधि चुमेको हो ।

    नेपाली सेनाको भद्रकालीस्थित मुख्यालयको खेल मैदानमा आज भएको फाइनल खेलमा एपीएफका लागि सरु लिम्बू र रेखा पौडेलले एक–एक गोल गर्नुभएको थियो । खेलको छैटौँ मिनेटमा सरुले तथा ८९औँ मिनेटमा रेखाले गोल गर्नुभएको थियो । खेल अवधिभर एपीएफले बल आफ्नो नियन्त्रणमा लिएको थियो ।

    उपाधिसँगै एपीएफले रु तीन लाख तथा ट्रफी प्राप्त गर्यो । सो पुरस्कार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले वितरण गर्नुभएको थियो । एपीएफले नेपाल पुलिस क्लबलाई ५–२ गोलले तथा आर्मीले भुटानको फुटबल टोलीलाई २–० गोलले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

    यस्तै उपविजेता बनेको त्रिभुवन आर्मी क्लबले रु एक लाख ५० हजार प्राप्त गर्यो । सो पुरस्कार नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले वितरण गर्नुभयो । प्रतियोगितामा तृतीय भएका नेपाल पुलिस क्लब र भुटानको फुटबल टोलीलाई सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले प्रतिटोली रु ५० हजार वितरण गर्नुभयो ।

    प्रतियोगिताको सर्वोत्कृष्ट खलाडीको पुरस्कार आर्मीकी दीपा राईले जित्नुभयो । उहाँले यामाहा कम्पनीको एक थान स्कुटर प्राप्त गर्नुभयो । राईलाई प्रधानसेनापति थापाले स्कुटरको साँचो हस्तान्तरण गर्नुभयो । सो पुरस्कार एन्फाको समन्वयमा यामाहाले उपलब्ध गराएको हो ।

    यस्तै प्रतियोगिताको उत्कृष्ट गोलकिपर एपीएफकी एन्जिला सुब्बा, उत्कृष्ट डिफेन्डर आर्मीकी पूजा रानामगर, उत्कृष्ट मिडफिल्डर भुटानकी पेमा छोदेन छिरिङ, उत्कृष्ट फरवार्ड एपीएफकी सावित्रा भण्डारी र उत्कृष्ट प्रशिक्षक एपीएफकै जनक सिंह हुनुभयो । उहाँहरुले जनही रु १० हजार पुरस्कार पाउनुभयो ।

    उहाँहरुलाई नेपाली सेनाका बलाधिकृत रथी शरदकुमार गिरी, युवा तथा खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलिया र अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार तथा ट्रफी वितरण गर्नुभयो । सो अवसरमा सैनिक श्रीमती सङ्घकी अध्यक्ष दीपा थापाद्वारा घोषित उदीयमान खेलाडीको पुरस्कार आर्मीकी विमला विकले प्राप्त गर्नुभयो । सो पुरस्कार सङ्घकी उपाध्यक्ष रीता गिरीले वितरण गर्नुभयो ।

    गत मङ्सिर २९ गतेदेखि उक्त प्रतियोगिता शुरु भएको हो । एन्फासँगको सहकार्यमा शुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोली सहभागी भएका थिए । लिगकम नकआउटका आधारमा खेलाइएको प्रतियोगिता सेनाले २०७० सालदेखि आयोजना गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सुरु
    सडकको सुरक्षा प्रत्येक नागरिकको दैनिकी र व्यवहारसँग जोडिएको छः सचिव सिग्देल
    पटक–पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै
    • म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती
    • एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    • प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    • पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.