सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिवेणी–दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेकोः मुख्यमन्त्री पाण्डे


  •    न्युजभित्तो/२८ फाल्गुन २०८१, बुधबार १४:४३ 
  • त्रिवेणी (नवलपरासी), २८ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणी(दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको जानकारी दिनुभएको छ ।

    नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाद्वारा आज कावासोतीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले त्रिवेणी(दुम्किबास सडक नखुल्दा परेको समस्याका विषयमा प्रदेश जानकार रहेको र उक्त सडक खोल्न पहल गरिरहेको बताउनुभएको हो ।

    वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० र विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० स्वीकृत भए मात्र स्थायी बाटो खोल्न सक्ने भएकाले अहिले पहिलो चरणमा इआइएको काम अघि बढिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । “पहिला इआइएका लागि प्रवेश गर्ने अनुमति थिएन, अहिले निकुञ्जले इआइए गर्ने अनुमति दिएको छ । अहिले इआइएको काम अघि बढाउने क्रममा छौँ”, उहाँले भन्नुभयो, “त्यसपछि वन्यजन्तुमैत्री, वातावरणमैत्री भौतिक पूर्वाधार बनाउने गरी डिपिआर तयार गरी थप काम बढ्छ ।”

    त्रिवेणी–दुम्किबास सडक हुलाकी राजमार्गमा पर्ने भएकाले उक्त आयोजनाअन्तर्गत काम गर्ने गरी समेत छलफल चलिरहेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । त्रिवेणी–दुम्किबास सडक निर्माणलाई प्रदेशलाई दिए पनि आफूहरू तयार रहेको उहाँले बताउनुभयो । “आठ किलोमिटर सडक प्रदेशलाई दिए हुन्थ्यो भन्ने छ, हामी बनाउँथ्यौँ तर यसका आफ्नै प्रक्रिया छ, त्यता लाग्दा झन ढिलो होला भनेर हुलाकी सडक आयोजनाअन्तर्गत बढाउने छलफल चलिरहेको छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

    उक्त खण्डलाई स्थायी रूपमा बनाउन समय लाग्ने भएकाले हाल पहिलाकै बाटोलाई सफा गरेर कार, जिप, मोटरसाइकलजस्ता साना सवारी सञ्चालन गर्ने विषयमा केन्द्र सरकार र निकुञ्जसहितका सरोकारवालासँग छलफल भइरहेको उहाँले बताउनुभयो । यो विषयमा विनयी त्रिवेणी गाउँपालिका समेत निर्णय गरेकाले प्रदेशले समेत केन्द्रमा बाटो सफा गरेर चलाउने विषय अनुमति माग गरको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । पहिलेको बाटो सफा गरेर सवारी चलाउन दिए प्रदेशसहित पालिका समेत यसको लागि तयार रहेको उहाँले बताउनुभयो ।

    नवलपुरको दुम्किबासदेखि बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ । बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछन् । बगुवनदेखि त्रिवेणीसम्म १६ किमी पर्दछ । यसको करिब सात किलोमिटर क्षेत्र निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ । विसं २०५९ सालअघि हुलाकी सडकका रूपमा रहेकोमा यस खण्डमा विसं २०६३ मा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । हुलाकी सडकको रूपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो । विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ । अहिले त्रिवेणी क्षेत्रमा पर्ने दुई वटा वडाका बासिन्दा लुम्बिनी प्रदेशको बाटो हुँदै करिब ४० किलोमिटर घुमेर गाउँपालिकाको कार्यालय आउनुपर्ने बाध्यता रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.