सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पीपीएल क्रिकेट : बुटवललाई हराउँदै विराटनगर ‘प्लेअफमा’


  •    न्युजभित्तो/९ पुष २०७६, बुधबार २२:०५ 
  • कास्की । समूहमा दोस्रो स्थानमा रहेको बुटवल ब्लास्टर्सलाई लिग चरणको अन्तिम खेलमा पराजित गरेसँगै विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगिताको ‘प्लेअफ’मा प्रवेश गरेको छ ।

    लिग चरणका चार खेल खेल्दा जम्मा दुई अङ्कसहित समूहको पाँचौ स्थानमा रहेको विराटनगरले आज आफ्नो महत्वपूर्ण खेलमा एक खेल अगावै प्लेअफमा स्थान सुरक्षित गरिसकेको बुटवललाई चार विकेटले पराजित गरेर पुनः प्लेअफमा बुटवलसँगको भेट पक्का गरेको हो ।

    दोस्रो चरण पुग्न चार अङ्कसहित तेस्रो स्थानमा रहेको काठमाडौँभन्दा रनरेटमा अघि रहनुपर्ने अवस्थामा विराटनगरले उत्कृष्ट ब्याटिङ गर्दै प्लेअफमा स्थान बनाएको हो । बुटवल विराटनगरसँग पराजित भएसँगै राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लको टोली काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ ।

    खेलमा टस जितेर विराटनगरले फिल्डिङ (क्षेत्र रक्षण) रोजेपछि ब्याटिङ शुरु गरेको बुटवलले आठ विकेट गुमाउँदै १३३ रनको योगफल तयार गरेको थियो । अघिल्लो चरण पुग्नका लागि विराटनगरलाई आज जितले मात्र नपुग्ने अवस्था थियो । नेट रनरेटमा काठमाडौँभन्दा अघि हुन उसले १२ दशमलव तीन ओभरमै लक्ष्य पूरा गर्नुपर्ने अवस्था रहेकोमा ११ दशमलव चार ओभरमा छ विकेट गुमाएर ५० बल बाँकी छँदै लक्ष्य भेट्टाउन सफल भएको हो ।

    विराटनगरका शुरुआती ब्याट्सम्यान मुहम्मद जैद आलमले १० बलमा २४ रन जोड्दै उत्कृष्ट शुरुआत गर्नुभयो भने पाँचौँ क्रममा ब्याटिङमा आउनुभएका नोमान खानले २२ बलमा ३५ तथा पुनित मेहराले १७ बलमा ३२ रन जोडेपछि लक्ष्य भेट्टाउन सहज भएको थियो । पुष्प थापा आठ बलमा १८ रन जोड्दै अविजित रहन सफल हुनुभयो । बुटवलका नितेश थापाले दुई तथा कमल खत्री, हर्ष टङ्क र अविनाश बोहोराले एक÷एक विकेट लिनुभएको थियो ।

    त्यसअघि शुरुआतमा ब्याटिङ गरेको बुटवलका लागि हर्ष टङ्कले ४४ बलमा छ चौका र पाँच चौकासहित ६७ रन बनाउनुभएको थियो । शिवम सिँहले २६ बलमा ३७ तथा सिद्धान्त लोहनीले २१ बलमा ११ रनको योगदान दिनुभयो ।

    ‘खेलको म्यान अफ दी म्याच’ विराटनगरका जैद आलमले चार ओभर बलिङमा चार विकेट लिँदै जम्मा २० रन खर्चिनुभएको थियो भने किशोर महतोले दुई र दीपेश श्रेष्ठ र साहव आलमले एक÷एक विकेट लिनुभयो ।

    प्रतियोगिताअन्तर्गत बुटवल र विराटनगर फाइनल प्रवेशका लागि बिहीबार प्लेअफमा स्पर्धा गर्नेछन् । चितवन राइनोज भने पाँच वटै खेलमा अविजित रहँदै समूह विजेता बनेर फाइलनमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.