सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलले अवरोध गर्दा बैठक स्थगित


  •    न्युजभित्तो/२७ फाल्गुन २०८१, मंगलवार १५:५८ 
  • धनगढी, २७ फागुन । सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।

    प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका हुन् ।

    सभामुख भीमबहादुर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले अनावश्यक रूपमा सिर्जना गरिएका नियुक्ति सच्याउनुपर्ने माग गरेका छन् ।

    विपक्षी दलकातर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए ।

    शाहीले सरकारले फजुल खर्च बढाउने काम गरेको भन्दै उनले नसच्याएसम्म बैठक अघि बढ्न नसक्ने चेतावनी दिएका छन् ।

    विपक्षी दलको अवरोधपछि प्रदेश सभाको बैठक स्थगित भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.