सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मैले राजालाई सडकमा ल्याएपछि कमल थापा र राजेन्द्र लिङ्देन ढोक्सा थाप्न आएः प्रसाईं


  •    न्युजभित्तो/२७ फाल्गुन २०८१, मंगलवार ११:५९ 
  • काठमाडौं, २७ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजालाई आफूले सडकमा ल्याएपछि राप्रपा र राप्रपा नेपालले ढोक्सा थापेको आरोप लगाएका छन् । भक्तपुरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन कसैले नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे ।

    आफूले केही वर्षअघि राजा ल्याउने अभियान चलाउँदा सबैले खेदो खनेको उनको भनाइ छ । उनले पूर्वराजालाई हात समातेर नारायणहिटी छिराउने तयारी गरिएको बताए । उनले राजसंस्था हट्नुमा कमल थापा र राजेन्द्र लिङ्देनको भूमिका रहेको बताए । उनीहरुले २०७२ मा संविधान जारी गर्दा हस्ताक्षर नगरेको भए राजसंस्था जोगिने बताउँदै प्रसाईंले अहिले आफूले माहोल बनाएपछि उनीहरु धमिलो पानीमा माछा मार्न आएको बताए ।

    प्रसाईंले राप्रपा देखाउनका लागि काठमाडौं महानगरपालिकामा १ लाख रुपैयाँ तिर्न गएको आरोपसमेत लगाए । ‘कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,’ उनले भने, ‘अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?’

    चैतदेखि राप्रपाले आन्दोलन गर्न लागेको भन्दै आफूलाई पनि सहकार्यका लागि बोलाएकोमा उनले आक्रोश पोखे । आफूलाई गोठाला जस्तो सोचेको भन्दै उनले राप्रपाहरुसँग भन्दा आफूले राजसँग मिलेर आन्दोलन गर्ने बताए ।

    ‘आउनुपर्‍यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु । गोठालासँग सडकमा जान्न,’ उनले भने, ‘राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न रु’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.