सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कुलमानले दिए स्पष्टीकरणको जवाफ- प्रोत्साहित गर्नुपर्नेमा दण्डित गर्ने प्रयासबाट मर्माहत छु


  •    न्युजभित्तो/२५ फाल्गुन २०८१, आईतवार १८:५२ 
  • काठमाडौं ,२५ फागुन। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले सोधेको स्पष्टीकरणमा जवाफ दिएका छन् । आइतबार घिसिङले सरकारले सोधेको स्पष्टीकरणको जवाफ पेश गरेका हुन् ।

    तपाईसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति रद्द किन नगर्ने रु भन्दै सरकारले सोधेको प्रश्नमा उनले आफूले कार्य सम्पादन प्रतिवेदन ढिला बुझाएकै कारण सम्झौता रद्द गर्न सकिने शर्त सम्झौता पत्रमा उल्लेख नगरेको जवाफ फर्काएका छन् ।

    उनले भनेका छन्( ‘सम्झौतापत्र यथावत परिपालना आएको पृष्ठभूमीमा कार्यसम्पादन प्रतिवेदन पेश गर्न विलम्व भएको भनिएको व्यहोरा सम्झौ अत्य गरी नियुक्ति रद्द गर्ने आधार हुन सक्दैन । साथै कार्यसम्पादन प्रतिवेदन ढिला गरिएको कारणले सम्झौतापत्र रद्द हुने शर्त सम्झौतापत्रमा रहेको छैन ।ु

    साथै कुलमानले आफूले के(के कार्य गर्नु पर्ने थियो रु भन्ने प्रश्न सोध्दै भनेका छन्ने-”पाल विद्युत् प्राधिकरण ऐन, २०४१ को कुन प्रावधान अनुसार आफूले के(के कार्य गर्नु पर्ने थियो रु र म बाट कुन कार्य भएन बा मैले के कार्य नगर्नु पर्थ्यो रु मबाट गरियो भनी कुनै पनि कार्य वा अकार्य उल्लेख छैन। तसर्थ प्रस्तुत आरोप आफैंमा मनोगत छ ।”

    घिसिङले आफूले नेतृत्व लिए पछि लोडसेडिङ अन्त्य भएको, ९९ प्रतिशत विद्युतीकरण भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्‍याएको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको जवाफमा उल्लेख गरेका छन् । साथै उनले विद्युत् उत्पादन, प्रसारण र वितरण क्षमतामा चार गुणाभन्दा बढीले वृद्धि गर्न सफल भएबापत प्रोत्साहित हुनु पर्नेमा उल्टै निरुत्साहित र दण्डित गर्ने प्रयासबाट आफू मर्माहत भएको समेत उनले जनाएका छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन दिनभित्र सफाइ पेस गर्न मौका दिने गरी स्पष्टीकरण सोध्न ऊर्जामन्त्री दीपक खड्कालाई अधिकार दिएको थियो । त्यसपछि मन्त्री घटकले कुलमानलाई चारबुँदे स्पष्टीकरण सोधेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.