पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते भरतपुरमा
न्युजभित्तो/२३ फाल्गुन २०८१, शुक्रबार २०:०१
चितवन, २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्वत–चितवन सम्पर्क मञ्चको प्रथम अधिवेशन फागुन २४ गते हुने भएको छ । नेकपा एमाले चितवनको पार्टी कार्यालय भरतपुरमा बिहान ११ बजे अधिवेशन हुन लागेको हो ।
एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडीका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट रहेर पर्वत जिल्लाबाट चितवनमा आई बसोबास गर्नेहरु अधिवेशनमा सहभागी हुनेछन् । गएको साउन ९ गते भएको भेलाले गठन गरेको तदर्थ समितिले प्रथम अधिवेशन गर्न लागेको उहाँले जानकारी दिनुभयो । पूर्व मन्त्री, नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं पर्वत जिल्ला इञ्चार्ज माननीय पदम गिरीको प्रमुख आतिथ्यतामा अधिवेशन हुने छ ।
“जहाँ पार्टीका समर्थक, शुभचिन्तक तथा सदस्य त्यहाँ पार्टी काम” भन्ने नाराका साथ पर्वत एमालेले अभियान सञ्चालन गर्दै आएको भन्दै अध्यक्ष पहाडीले सबै पार्टी समर्थकहरुलाई कार्यक्रममा सहभागी हुन आव्हान गर्नुभयो । पर्वत जिल्लाबाट चितवनमा आएर विभिन्न पेशा, व्यवसाय गरी बस्नु भएका नेकपा (एमाले) का शुभचिन्तक, समर्थक तथा पार्टी सदस्यहरु अधिवेशनमा सहभागी हुने उहाँको भनाई छ । जिल्ला बाहिर रहेर पनि पार्टीप्रति शुभेच्छा राख्नुहुनेहरुलाई पार्टी काममा जोड्नका लागि अधिवेशन फलदायी हुने विश्वास लिईएको छ ।