सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्ड आज सर्लाही जाँदै


  •    न्युजभित्तो/२२ फाल्गुन २०८१, बिहीबार ११:३३ 
  • सर्लाही, २२ फागुन । नेकपा माओवादी केन्द्रद्वारा सञ्चालित तराई–मधेस यात्रा अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको टोली आज महोत्तरीको कार्यक्रम सम्पन्न गरी सर्लाहीतर्फ प्रस्थान गर्ने भएको छ।

    पार्टी स्रोतका अनुसार, अध्यक्ष प्रचण्ड नेतृत्वको टोली आज साँझसम्म महोत्तरीको अभियान समापन गरी हुलाकी राजमार्ग हुँदै सर्लाहीको पर्सा गाउँपालिकाको एक गाउँमा बास बस्नेछ। त्यसपछि फागुन २३ गते बिहान मलङ्गवा नगरपालिकास्थित कवडहलमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

    टोली कौडेना गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका हुँदै धन्कौलतर्फ अघि बढ्नेछ। त्यहाँबाट बागमती नदी पुल पार गरी समनपुर हुँदै रौतहट प्रवेश गर्ने कार्यक्रम छ।

    यस ऐतिहासिक अभियानलाई सफल बनाउन पार्टीका स्थानीय नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूलाई सहभागिताका लागि पार्टीले विशेष आग्रह गरेको छ। पार्टीले यस अभियानलाई सङ्गठन सुदृढीकरण, जनसमर्थन अभिवृद्धि तथा तराई–मधेसका नागरिकहरूसँग प्रत्यक्ष संवादको अवसरका रूपमा लिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.