सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाऔंः विष्णु पौडेल


  •    न्युजभित्तो/२१ फाल्गुन २०८१, बुधबार १६:४४ 
  • काठमाडौं, २१ फागुन । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संसद्लाई कुण्ठा व्यक्त गर्ने थलो नबनाउन आग्रह गरेका छन् ।

    बुधबारका आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेशबारे उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

    ‘सदनलाई कुण्ठा व्यक्त गर्ने थलो बनाउन हुँदैन । विचार व्यक्त गर्ने थलो बनाउनुपर्छ । म आग्रह गर्छु, यो कुण्ठा व्यक्त गर्ने थलो नबनाऔं यसलाई,’ पौडेलले आग्रह गरेका छन् ।

    त्यस्तै, सरकारले अध्यादेश ल्याउनु कुनै स्वेच्छाकारी र निरंकुशतातर्फको यात्रा नभएको जिकिर गरे ।

    ‘यो स्वेच्छाकारी र निरंकुशतातर्फको कुरा होइन । सरकारले आवश्यकता ठानेर सदनमा ल्याएको हो । यो हामीले व्यवस्था गरेको अभ्यासले दिन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘दुनियाँको अभ्यासले दिन्छ । सदनमा प्रस्ताव प्रस्तुत गर्नु, छलफल गर्नु निरंकुशता हुन्छ भने लोकतन्त्रको परिभाषा खोज्न कहाँ जाने रु लोकतन्त्रको गलत व्याख्या नगर्न आग्रह गर्छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.