सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभामुखद्वारा सुखानी सहिदका तस्बिर अङ्कित हुलाक टिकटमा टाँचा


  •    न्युजभित्तो/२१ फाल्गुन २०८१, बुधबार १६:४० 
  • काठमाडौँ, २१ फागुन । सभामुख देवराज घिमिरेले झापाको सुखानी घटनाका योद्धाहरूका तस्बिर अङ्कित हुलाक टिकटमा प्रथम दिवसीय टाँचा लगाउनुभएको छ ।

    झापाका किसानमाथिको शोषण र दमनका विरुद्ध विसं २०२८ मा युवा विद्यार्थीहरूले गरेको विद्रोहलाई तत्कालीन पञ्चायती शासकद्वारा दमन र धरपकड गर्ने क्रममा जेलमा राखिएकामध्ये पाँच युवालाई सुखानी जङ्गलमा हत्या गरिएको थियो ।

    झापाको चन्द्रगढीस्थित जेलबाट इलाम लैजाने बहानामा विसं २०२९ फागुन २१ गते साँझ सुखानी जङ्गलमा रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायणप्रसाद श्रेष्ठलाई गोली हानी हत्या गरिएको थियो । उहाँहरूको बलिदानीप्रति नेपालको कम्युनिष्ट आन्दोलनमा उच्च आदरसहित सम्मान गरिँदै आइएको छ ।

    सङ्घीय सरकारले उहाँहरूलाई विसं २०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो । यसअघि विसं २०४६ को जनआन्दोलन पछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक पीडित सहायता समितिले उहाँहरूका परिवारलाई राहत उपलब्ध गराएको थियो । सुखानी सहिदहरूको तस्बिर अङ्कित हुलाक टिकटको मूल्य रु १० तोकिएको छ ।

    हुलाक सेवा विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा सभामुख घिमिरेले नेपाली जनताको स्वतन्त्रता, समानता र हकअधिकारका लागि आवाज उठाउँदा सुखानीको जङ्गलमा हत्या गरिएकालाई राष्ट्रिय सहिद घोषणा गर्दै हुलाक टिकट प्रकाशनमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “मानिस स्वतन्त्र भएर बाँच्न राजनीतिक हक अधिकार, प्रजातन्त्र, लोकतान्त्र र गणतन्त्र चाहिन्छ भनी देशहित र जनताको मुक्तिका लागि जीवन अर्पण गर्ने सहिदका नाममा हुलाक टिकट प्रकाशन हुनु भनेको उहाँप्रतिको सम्मान हो ।”

    सभामुख घिमिरेले सहिदको बलिदानीको जगमा राजनीतिक उद्देश्यमा मुलुकले एउटा सफलता प्राप्त गरे पनि समाजलाई उपलब्ध गराइनुपर्ने सुविधा र शासन प्रणाली स्वस्थ ढङ्गबाट अघि जानुपर्नेमा अनेक चुनौती देखा परिरहेका बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सहिदका अधुरा सपनालाई साकार गर्न वर्तमान सरकारले पीडितका पक्षमा काम गर्न सकोस् । सहिदले राष्ट्र र जनताको हितका लागि गरेको योगदानबारे जानकारी गराउन हुलाक टिकट प्रकाशन ऐतिहासिक कदम रहनेछ ।”

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव गजेन्द्र ठाकुरले हुलाक टिकटमा समेटिएका विषयवस्तुले भौगोलिक, जातीय र सांस्कृतिक पृष्ठभूमिलाई युगौँयुगसम्म अध्ययन र अनुसन्धान गर्न महत्वपूर्ण योगदान दिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “झापाको सुखानीमा साहद प्राप्त गर्नुहुने अमर सहिदको वीरताको गाथालाई हुलाक टिकट प्रकाशन भएबाट सदासर्वदा स्मरण गराउनेछ ।”

    हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई ९पङ्गेनी०ले हुलाक टिकटमा समेटिएका ऐतिहासिक धरोहर, सम्पदा, प्रकृति, संस्कृति, पुरातात्विक सम्पत्ति र इतिहासका विभिन्न कालखण्डमा राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान दिने व्यक्ति र व्यक्तित्वको पहिचान स्थापित हुने धारणा व्यक्त गर्नुभयो ।

    नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष केदार प्रधानले हुलाक टिकटमा अङ्कित तस्बिरले सहिदको योगदानको देश–विदेशमा समेत पहिचान र स्मरण भइरहने विचार प्रकट गर्नुभयो ।

    सुखानी सहिद स्मृति प्रतिष्ठानका सदस्य गेहनाथ पौडेलले तत्कालीन पार्टीको निर्णयअनुरुप किसान र मोहीका हकहितका लागि निस्किएका झापाका युवा विद्रोह नै हालको लोकतन्त्र प्राप्तिको जग भएको भनाइ राख्नुभयो । सो अवसरमा सहिदद्वय दाहालपत्नी विश्वेश्वरा र घिमिरे पत्नी जीवनलाई सम्मान गरिएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै
    नयाँ प्रशासनिक भवनबाट सेवा सुरु
    संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने सरकारको निर्णय
    • प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन
    • दुईदिने सार्वजनिक बिदाः पोखराको पर्यटनमा सकारात्मक प्रभाव
    • दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छः अध्यक्ष ढकाल
    • लुम्बिनी प्रदेश सरकारको नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.