सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गरी मेलम्चीको पानी सुरु गर्न निर्देशन दिइसकेको छुः मन्त्री यादव


  •    न्युजभित्तो/२० फाल्गुन २०८१, मंगलवार १४:०० 
  • काठमाडौं, २० फागुन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौंस्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

    मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मत गरी नागरिकलाई पानी वितरण गर्न निर्देशन दिएका हुन् । ‘हाल म नेपाल र भारत सरकारबीच खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको विकासका लागि महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुरु गर्न निर्देशन दिइसकेको छु ।’

    यसैगरी मन्त्री यादवले पाइप फुटेको घटनाको विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘थापाथली चोकबाट नर्भीक इन्टरनेशनल अस्पताल जाने सडकमा पाइप फुट्दा सर्वसाधारणलाई परेको असुविधाप्रति म गहिरो दुस्ख व्यक्त गर्दछु । सो घटनाका विषयमा छानबिन गर्छौं’, उनले भने ।

    मन्त्री यादवको निर्देशन पश्चात अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० को प्राविधिक टोलीले मर्मतकार्य तीव्र रूपमा अघि बढाइरहेको मन्त्रालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.