सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्ववियु निर्वाचनः ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी समूहद्वारा दर्ता


  •    न्युजभित्तो/२० फाल्गुन २०८१, मंगलवार ११:२७ 
  • वीरगञ्ज (पर्सा), २० फागुन । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको चर्चित ठाकुरराम क्याम्पसमा ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेका छन् ।

    ठाकुरराम बहुमुखी क्याम्पसमा २०६५ सालयता स्ववियु निर्वाचन हुनसकेको छैन । जसकारणले यस वर्ष यहाँ हुने स्ववियु निर्वाचनमा विद्यार्थीको उत्साहजनक उपस्थिति हुने छनक देखिएको छ । स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहले निर्धारित समयभित्र ३४ विद्यार्थी सङ्घ, सङ्गठन र समूहले दर्ता गरेको जानकारी दिनुभयो । “स्ववियु निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्तामा विद्यार्थीको उत्साहजनक सहभागिता देखिएको छ, नेपालका अधिकांश विद्यार्थी सङ्गठनको साथसाथै विद्यार्थीहरूका विभिन्न समूहले पनि दर्ता गराउनुभएको छ”, उहाँले भन्नुभयो ।

    नेपाल विद्यार्थी सङ्घ पर्साका पूर्वअध्यक्ष दिलीपराज कार्कीले ठाकुरराममा स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको नेतृत्व विकासमा असर पार्दै आइरहेको बताउनुभयो । “स्ववियु निर्वाचन लोकतान्त्रिक अभ्यासको एउटा अनुपम नमूना हो । त्यहाँबाट निर्वाचित नेतृत्वले विद्यार्थीको हकहित र समग्र क्याम्पसको विकासमा साझेदारी भएर काम गर्न सक्छन् । तर, दुर्भाग्य यहाँ निर्वाचन नहुँदा कयौँ विद्यार्थीको नेतृत्व गर्न चाहनेका लागि भने घाटा हुँदै आइरहेको छ”, उहाँले भन्नुभयो, “निर्वाचनमा जितहार सामान्य कुरा हो । लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचन हुनैपर्छ । त्यसमा सबै विद्यार्थी सङ्घ, सङ्गठनले निर्वाचन प्रक्रियालाई अघि बढाउन हातेमालो गरेर अघि बढ्न जरुरी भइसकेको छ ।”

    त्यसैगरी, वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनमा पनि चार विद्यार्थी सङ्गठनले दर्ता गरेका छन् । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने कार्यक्रम थियो ।

    वीरगञ्ज नर्सिङ क्याम्पसका सूचना अधिकारी सुरेन्द्र ओझाले वीरगञ्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनका लागि चार विद्यार्थी सङ्गठनले दर्ता गरेको जानकारी दिनुभयो । “विहान ११ बजेदेखि तीन बजेसम्म दर्ताको समय तोकिएको थियो”, उहाँले भन्नुभयो, “निर्धारित समयमा चार विद्यार्थी सङ्गठनले दर्ता गराउनुभएको छ ।”

    क्याम्पसका अनुसार अगामी चैत ५ गते हुने निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु०, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले स्ववियु निर्वाचनका लागि सङ्घ, सङ्गठन दर्ता गरेका छन् ।

    दर्ता गर्न आएका विद्यार्थी सङ्गठन आफ्ना प्रतिनिधिसहित आएका थिए । त्रिविले सार्वजनिक गरेको स्ववियुको निर्वाचन कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन गर्ने तोकिएको छ । त्यस्तै फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय तोकेको छभने सोही दिन बेलुका ५ बजे अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ । फागुन २६ गते बिहान ११ देखि २ बजेसम्मको अवधिमा उम्मेदवारको मनोनयपत्र वितरण गर्ने, फागुन २७ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने छ र चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.