सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिरियाको इद्लिबमा हवाई आक्रमण, आठ सर्वसाधारण मारिए


  •    न्युजभित्तो/८ पुष २०७६, मंगलवार २१:०७ 
  • बेरुत (सिरिया) । सिरियाको इद्लिब प्रान्तमा रुसआवद्ध हवाइ आक्रमणमा परी आठ सर्वसाधारण मारिएका छन् । ती मध्ये पाँच बालबालिका रहेका मानवअधिकारवादी समूहले जनाएको छ ।

    यस हवाई आक्रमण परी पाँच बालबालिका र अन्य तीन जना मारिएका ‘सिरियन अब्जरभेटरी अफ ह्युम्यान राइट्सले मङ्गलबार जानकारी दिएको छ । सिरियाली सरकारको सहयोगका रुपमा रुसले विद्रोहीलाई लक्ष्यगरी सिरियाको विभिन्न प्रान्तमा गर्दै आएको हवाई आक्रमणहरुमा बारम्बार सर्वसाधारणको मृत्यु भएको पाइन्छ ।

    सिरियामा सन् २०११ को मार्च महिनामा यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो । सो जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

    सन् २०११ देखि हालसम्म जारी यस आन्दोलनमा तीन लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौ घाइते भएका छन् । दशौँ लाख व्यक्ति देशभित्र र छिमेकी देशमा शरणार्थी बन्न बाध्य भएका छन् । (एजेन्सीको सहयोगमा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.