सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘अनुचित लेनदेनमा सङ्लग्नलाई कानुन बमोजिम कारबाही हुन्छ’


  •    न्युजभित्तो/१८ फाल्गुन २०८१, आईतवार १६:२१ 
  • काठमाडौँ, १८ फागुन । गृहमन्त्री रमेश लेखकले कानुन विपरीतका अनुचित लेनदेन (मिटरब्याज) सङ्लग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले भन्नुभयो, “अनुचित लेनदेन सम्बन्धमा नेपाल प्रहरीका जिल्लास्थित कार्यालयमा प्राप्त उजुरीहरु छानबिन गरी टुङ्ग्याउने काम भइरहेको छ, यस्ता कार्यहरु कानुनअनुसार दण्डनीय भएकाले त्यस किसिमका कानुन विपरीतका क्रियाकलाप कोही कसैले गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्न सरकार प्रतिबद्ध छ ।”

    मन्त्री लेखकले अनुचित लेनदेन (मिटरब्याज) अपराधबाट सिर्जित समस्याको अन्त्य गरी दीर्घकालीन समाधान गर्नका लागि जाँचबुझ गरी रायरसुझाव सहितको प्रतिवेदन पेस गर्न आयोग गठन गरी कार्य गरिएको बतानुभयो । सो सम्बन्धमा आयोगमा दर्ता भएकामध्ये पाँच हजार २०० उजुरी फछ्र्यौटरसहमति भइसकेको उहाँको भनाइ छ ।

    “साविकको आयोगलाई तोकिएको समयावधि सकिएको र यसअघिको आयोगबाट सोचेअनुरुप काम हुन नसकेको हुँदा बाँकी कामलाई गतिका साथ निष्कर्षमा पुर्‍याउन पुनः आयोग गठन गर्न लागिएको छ”, उहाँले भन्नुभयो । उहाँले पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन कार्यक्रममा भएको बेलुन विस्फोटको घटना सम्बन्धमा जवाफ दिँदै उक्त घटनाका सम्बन्धमा विस्तृत छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा विज्ञसहितको छानबीन समिति गठन गरिएको जानकारी दिनुभयो । “उक्त समितिले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव दिनेछ, समितिको प्रतिवेदनका आधारमा मेला महोत्सवलगायतका कार्यक्रममा सुरक्षा सतर्कता व्यवस्थापनका सम्बन्धमा थप सावधानीहरु अपनाइने छ”, उहाँले भन्नुभयो ।

    त्यसैगरी सोलुखुम्बुको सीमा प्रशासन कार्यालय नाम्चेबजार कर्मचारीविहिन भएको सम्बन्धमा जवाफ दिँदै छिट्टै कर्मचारी व्यवस्थापन गरी सेवा सञ्चालन गरिने जानकारी दिनुभयो । “सीमा अपराध नियन्त्रण तथा सीमामा नेपाली र भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित आवतजावतका लागि दुवै देशका सुरक्षा अधिकारीबीच समय–समयमा समन्वयतात्मक बैठक बस्ने गरेको छ, सिमामा सुरक्षा निकायबाट निगरानी बढाईएको छ”, उहाँले भन्नुभयो ।
    यसै वर्षमा थप सात वटा सीमा आउटपोष्ट थप्ने तयारी भइरहेको उहाँको भनाइ छ । अवैध चोरी पैठारी नियन्त्रणमा पनि सक्रियता बढाइएको जनाउँदै उहाँले अवैध चोरी पैठारीमा संलग्न जो सुकैलाई पनि शून्य सहनशिलताको नीतिअनुरुप कारबाही गर्ने गरिएको बताउनुभयो ।

    तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बलबहादुर गुरुङले सोही वडाका वडा सचिव नविन भुसालमाथि गरेको अभद्र व्यवहारसम्बन्धी मुद्धामा जिल्ला प्रहरी कार्यालयमा दर्ता भइ कानूनी कारबाहीको प्रक्रिया अगाडि बढेको उहाँको भनाइ छ । “कर्मचारीमाथि जनप्रतिनिधिबाट भएका घटनाको शृङ्खला बढेको सन्दर्भमा सबै जिल्ला प्रशासन कार्यालयलाई यस्ता घटनाका सम्बन्धमा जोसुकै दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न र कर्मचारी सुरक्षामा विशेष सतर्कता अपनाउन निर्देशन पनि दिइएको छ । कर्मचारीको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उहाँले भन्नुभयो ।

    अछामको ढकारीमा दुई किशोरीको मृत्युका सम्बन्धमा जवाफ दिँदै उहाँले नेपाल प्रहरीबाट घटनास्थलबाट सङ्कलन गरिएका भौतिक प्रमाणको फोरेन्सिक परीक्षण, सिडिआर विश्लेषणलगायतको अनुसन्धान पूरा गरी २ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको बताउनुभयो । “जिल्ला अदालत, अछामबाट पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश भए बमोजिम डोटी बाल सुधारगृह पठाइएको र एक जना नाबालकलाई आवश्यक पर्दा पछि उपस्थित हुने गरी छाडिएको छ । दोषीलाई पक्राउ गरी कानुनी कारवाहीमा ल्याइसकिएको छ”, उहाँले भन्नुभयो ।

    मन्त्री लेखकले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जघन्य प्रकृतिका अपराध हुनरगर्न नपाउने गरी स्थानीय सरोकारवाला निकायसँग समेत समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले महिलामाथि हुने हत्या, हिंसा र शोषणका विषयमा कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्न समिति गठन
    कसैले मन्त्री नचिने पनि व्यवसाय गर्न सकोस्, त्यस्तो नीति बन्नुपर्छ: पुन
    प्रधानमन्त्री ओलीसँग रुसी प्रमण्डलको शिष्टाचार भेट
    • खरबुजा बिक्रीबाट दैनिक १२ हजारसम्म आम्दानी गर्दै किसान
    • सबै अमेरिकी वस्तुको भन्सार शुल्क शून्यमा झार्ने भारतको प्रस्तावः ट्रम्प
    • रवि लामिछानेमाथि राज्यले किर्ते जाहेरी खडा गरेर फौजदारी मुद्दा तयार पार्‍योः सोविता गौतम
    • राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.