ऊर्जामन्त्री खड्काको भूमिकामाथि माओवादीले उठायो प्रश्न
न्युजभित्तो/१२ फाल्गुन २०८१, सोमबार १४:०८
काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रले ऊर्जामन्त्री दीपक खड्काको भूमिकामाथि प्रश्न उठाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद देवेन्द्र पौडेलले ऊर्जा मन्त्रालयमा जात्रा भइरहेको टिप्पणी गरे ।
उनले भने, ‘दूधकोशी जलविद्युतका सिइओलाई कारबाही हो कि के हो ? पत्र सार्वजनिक भएको छ। मन्त्रीको आलोचना गरेको कारणले, विद्युत् महसुल आयोगले महसुल तिर्नेहरूको लाइन काट्ने हो कि नतिर्नेको ? विद्युतको महसुल नतिर्नेको लाइन नकाट्न भनिँदै छ।’
उनले सरकारले कुलमान घिसिङलाई हटाउन खोजेको भन्दै भइरहेको प्रचारप्रति आपत्ति जनाए। कुलमानले घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्याएर के गल्ती गरे ? लोडसेडिङ मुक्त बनाएर के गल्ती गरे ? भन्दै प्रश्न गरे ।