सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्न अब काम थाल्छौंः उपप्रधानमन्त्री सिंह


  •    न्युजभित्तो/११ फाल्गुन २०८१, आईतवार १५:०५ 
  • काठमाडौं, ११ फागुन । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले अव्यवस्थित रुपमा विकास भइरहेको काठमाडौंलाई व्यवस्थित रुपमा विकास गर्नका लागि अब काम सुरु गर्ने बताएका छन् ।

    काठमाडौं उपत्यका भौतिक विकास समितिको आइतबार सहरी विकास मन्त्रालयमा बसेको बैठकमा उपप्रधानमन्त्री सिंहले कुनै न कुनै विन्दुबाट काठमाडौंलाई व्यवस्थित गर्नका लागि काम प्रारम्भ गर्नुपर्ने बताएका हुन् ।

    काठमाडौं कुनै बेला उर्बर कृषि भूमि रहेको भन्दै चाहेर नचाहेर अहिले अव्यवस्थित र कुरुप शहरका रुपमा विकसित हुन पुगेको भन्दै उपप्रधानमन्त्री सिंहले विगतका कमजोरीहरुलाई सच्याउन समय लागे पनि काम भने अघि बढाउने बताए ।

    ‘धान उब्जनी हुने खेतहरूमा अहिले घरै घर बनेको छ । काठमाडौं अव्यवस्थित सहरका रुपमा विकसित भएकाले अब विस्तारै व्यवस्थित शहरका रुपमा लैजानका लागि हामीले कुनै न कुनै बिन्दुबाट काम गर्नुपर्ने हुन्छ । काम गर्नका लागि अब प्रारम्भ गर्नुपर्छ,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निजामती अस्पतालको सेवा सुरु हुने
    ‘निर्वाचनले लोकतान्त्रिक प्रणालीमा जनविश्वास थपेको छ’
    • दुई लाख ३७ हजार किशोरीलाई क्यान्सरविरुद्धको खोप
    • थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा
    • यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै
    • प्रतिनिधिसभा बैठक आह्वानको तयारी गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.