सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमसीसी स्थगन गरेकोमा ट्रम्पलाई विप्लवले दिए धन्यवाद


  •    न्युजभित्तो/११ फाल्गुन २०८१, आईतवार १२:०५ 
  • काठमाडौं, ११ फागुन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।

    डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    विञप्तिमार्फत महासचिव सीले एमसीसी परियोजना सधैंका लागि खारेज गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘एमसीसी कम्प्याक्टलाई सधैंको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कुटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदन गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौं ।’

    एमसीसी कम्प्याक्टको तयारी र त्यसको कार्यन्वयनको समयदेखि नेपाली जनताले एमसीसी कम्प्याक्ट देशको राष्ट्रिय स्वाधिनता र आफ्नो राजनीनिक स्वतन्त्रताको विरुद्धमा हुने ठहर गर्दै आएको महासचिव विप्लव बताउँछन् । एमसीसीबारे चर्चा सुरु भएकै दिनबाट अनवरत संघर्ष संचालन गर्दै आएको पनि स्मरण गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.