सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रासस संस्कृति र भाषाको जर्गेना एवं संरक्षणमा केन्द्रित हुनुपर्छः उपराष्ट्रपति


  •    न्युजभित्तो/७ फाल्गुन २०८१, बुधबार ११:५१ 
  • काठमाडौँ, ७ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आवाजविहीनको आवाज, विविधतायुक्त समाज र तिनका संस्कृति, भाषाको जर्गेना एवं संरक्षण गर्दै दस्तावेजीकरणमा राष्ट्रिय समाचार समिति (रासस) बढी केन्द्रित हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

    राससको ६४औँ वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले राससले समाज र देशको समस्या, चुनौती समाधानका उपायबारे सही सूचना प्रवाह गर्दै अभिव्यक्ति स्वतन्वतालाई कायम राख्न थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “विभिन्न दृष्टिकोण र विचारको आदानप्रदानलाई प्रवर्द्धन गर्ने मियो संस्था रासस बन्नुपर्दछ, यसले सूचना प्रवाहलाई अझ सुगम बनाउँदै देश तथा अन्तरराष्ट्रियस्तरमा भएका घटनालाई परिस्कृत र तथ्यपरक जानकारी पाठकसम्म कसरी पु¥याउन सकिन्छ भन्ने ध्येयका साथ अघि बढ्नुपर्दछ ।”

    नेपालको परिवर्तित परिवेशमा सामाजिक एवं सांस्कृतिक विविधताको प्रसार र पृष्ठपोषकका रुपमा राससले काम गर्नुपर्ने उहाँको भनाइ छ । राससले देश र विदेशका समाचार, तस्बिर र श्रव्यदृश्य सामग्री अनलाइन सेवामार्फत नागरिकलाई सुसूचित गराउन सफल भएको उहाँको विश्वास छ । उहाँले राससले राजनीतिक असंलग्नता, खोजी पत्रकारिता र नागरिक जवाफदेहितालाई हृदयदेखि आत्मसात गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न एवं देश विकासमा दत्तचित्त भई अगाडि बढ्न सबैलाई उत्प्रेरित गर्ने खालका विषयवस्तुलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताउनुभयो ।

    “राससले महत्वपूर्ण घटनाको सूचना समयमै उपलब्ध गराउँदै सेवाग्राहीमार्फत जनतालाई सचेत र सूचित बनाउँदै आएकै छ, अब समय सुहाउँदो प्रविधि र आमपाठकको अभिरुचिलाई केन्द्रविन्दुमा राख्दै परिस्कृत भूमिकाको अपेक्षा छ”, उहाँले भन्नुभएको छ ।

    राजनीति र आर्थिक जीवनको विभिन्न पक्षको प्रकटीकरणमा जोड दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिताको दायित्व भएकाले त्यसमा राससको भूमिका अझ प्रभावकारी हुनुपर्ने उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.