सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता’


  •    न्युजभित्तो/७ फाल्गुन २०८१, बुधबार ११:२२ 
  • लुम्बिनी, ७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आमनागरिकको जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने बताउनुभएको छ ।

    राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले जनता नै सार्वभौमसत्तासम्पन्न भएको र सम्पूर्ण स्रोत जनतामा निहित रहेको बताउनुभएको छ ।

    मुख्यमन्त्री आचार्यले जनता सार्वभौमसत्ता सम्पन्न हुन र सम्पूर्ण स्रोत जनतामा निहित हुन्छ भन्ने मान्यताका आधारमा आम जीवनशैलीलाई लोकतान्त्रिक आचरणमा ढाल्न सक्दा मात्र प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुने शुभकामना सन्देशमा बताउनुभएको छ ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जग २००७ सालको जनक्रान्तिबाटै निर्माण भएको बताउँदै उहाँले सन्देशमा सहिदहरूको सपना र जनताको आकाङ्क्षालाई मूर्तरूप दिन वर्तमान शासन प्रणालीलाई सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा आर्थिक समृद्धितर्फ केन्द्रित गर्न आवश्यक भएको उल्लेख गर्नुभएको छ ।

    मुख्यमन्त्रीले जनताको एकताबद्ध सामथ्र्यबाट जस्तोसुकै निरङ्कुशतालाई पराजित गर्न सक्ने, साथै हक, अधिकार, मानवाधिकार तथा राजनीतिक स्वतन्त्रता प्राप्त गर्न सकिन्छ भन्ने यथार्थलाई प्रजातन्त्र दिवसले सदा स्मरण गराउने सन्देशमा उल्लेख गर्नुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन
    • “दसैंमा स्वच्छ मासु, स्वस्थ जीवन र मानवीय व्यवहारमा जोड दिऔँ”

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.